शुक्रबार, भदौ २६, २०८३

तस्करीको सामान नियन्त्रणमा लिन हवाई फायर 

विराटनगर १७ मटेरुवामा आइतबार बिहान प्रहरीले हवाई फायर गरेको छ। 
 |  आइतबार, मंसिर ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ७, २०७७

विराटनगर- विराटनगर १७ मटेरुवामा आइतबार बिहान प्रहरीले हवाई फायर गरेको छ। 

तस्करी गरेर भारतबाट ल्याइँदै गरको सामान नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो। 

हवार्ई फायर गरेर प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट एक जनालाई पक्राउ गर्नुका साथै तस्करी गरेर ल्याइँदै गरेको सामान बरामद गरेको छ। 

प्रहरी र तस्कर समूहबीच भएको दोहोरो घम्साघम्सीका क्रममा एक जना प्रहरी जवानको हातको औंलामा चोट लागेको छ। 
 
सादा पोसाकमा रहेको प्रहरी टोलीले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा हुलहुज्जत गरेर १०–११ जनाको संख्यामा रहेका तस्करको समूहले अवरोध पु¥याएपछि हवाई फायर गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए। 

उनले पेस्तोलबाटै एक राउण्ड हवाई फायर गर्नु परेको बताए। हवाई फायर गरेपछि तस्कर समूह तितरवितर भएको जानकारी खड्काले दिए। 
 
हवाई फायर गरेर प्रहरीले तस्करीमा संलग्न एक महिलालाई पक्राउ गरेको छ। भारतबाट तस्करी गरेर ल्याएको कम्मरमा लगाउने एक बोरा बेल्ट (पेटी)सहित ३३ वर्षीया रविना खातुनलाई पक्राउ गरिएको एसपी खड्काले जानकारी दिए। 

नेपालबाट भारततिर मरिच, मटर, सुपारीलगायतको तस्करी हुँदै आएको छ। भारतबाट नेपालतर्फ लत्ताकपडा, तेल, चिनी, प्याजलगायत दैनिक उपभोग्य वस्तुको तस्करी हुने गरेको छ। 

प्रकाशित: Nov 22, 2020| 05:43 आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।