शुक्रबार, भदौ २६, २०८३

काठमाडौं महानगरले आजदेखि निःशुल्क पीसीआर गर्ने

सरकारले तोकेको मापदण्डभित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर गर्न आजबाट स्वाब संकलन गर्न सुरु गरिएको महानगरले जनाएको छ । 
 |  आइतबार, मंसिर ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ७, २०७७

काठमाडौं- काठमाडौं महानगरपालिकाले आजदेखि निःशुल्क कोरोनाको निःशुल्क परीक्षण गर्ने भएको छ । 

सरकारले तोकेको मापदण्डभित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर गर्न आजबाट स्वाब संकलन गर्न सुरु गरिएको महानगरले जनाएको छ । 

यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोबाइल भ्यान सञ्चालन गर्ने तयारी गरिएको काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए । 

काठमाडौं उपत्यकामा पछिल्लो समय बढिरहेको कोरोना सङ्क्रमणको चक्र तोड्न प्रभावकारी कदम चाल्नुपर्ने अवस्था आएको पनि उनले बताए ।

संक्रमणको चक्र तोड्न पुनः लकडाउन गर्नु पर्ने उनको भनाइ छ ।

लकडाउन हटेसँगै बजारमा भीड बढेकाले यसको नियन्त्रणका लागि उपत्यका नगरपालिका फोरमले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई पुनः लकडाउनको सुझाव दिएको उनले बताए । 
 

प्रकाशित: Nov 22, 2020| 01:59 आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।