शुक्रबार, भदौ २६, २०८३

भीम रावल भन्छन्ः नेकपा ठूलो पार्टी हो, विवाद भइहाल्छ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता डा भीम  पार्टी कुनै पनि हालतमा नफुट्ने, बरु एकजुट भएर जाने बताएका छन्। 
 |  शनिबार, मंसिर ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ६, २०७७

डोटी– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता डा भीम रावलले पार्टी कुनै पनि हालतमा नफुट्ने, बरु एकजुट भएर जाने बताएका छन्

डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका २ बग्लेकमा कार्यकर्तासँगको भेटघाटमा पूर्वउपप्रधानमन्त्री डा रावलले पार्टीमा पछिल्लो समय आन्तरिक विवाद भए पनि पार्टी कुनै पनि हालतमा नफुट्ने बरु एकजुट भएर जाने बताए। 

उनले भने, ‘पार्टीमा विवाद छ तर फुट्ने कुरा छैन, विवाद समाधान गरेर पार्टी मजबुत भएर जानेछ।’

नेता डा रावलले मंसिर १३ गते बोलाइएको सचिवालय र स्थायी कमिटी बैठकसँगै केन्द्रीय कमिटीको बैठकमा विवाद हुने अवस्था देखिए पनि सबै समस्या तथा मनमुटाव समाधान हुने दाबीसमेत गरे। 

उनले भने, ‘नेकपा ठूलो पार्टी हो, ठूलो ठाउँमा विवाद भइहाल्छ, तर पार्टी नै फुटिहाल्छ भन्ने अवस्था छैन।’ नेता रावलले नेकपाका सबै नेता लोकतन्त्रमा विश्वास राख्ने भएका कारण पार्टी कमिटीले गरेको निर्णय दुवै अध्यक्षले अनिर्वाय मान्नुपर्ने तथा मान्दिनँ भन्न कसैलाई छुट नभएको बताए। 

जनमतको कदर गर्नकै लागि भए पनि पार्टी सँधै एकढिक्का भएर जानेसमेत उनले जानकारी गराए।  

नेता रावलले नेकपा भ्रष्टाचार विरोधी पार्टी भएकाले पार्टीमा भ्रष्टाचार गर्ने जोकोहीलाई पनि कारवाही हुने बताए।  
–––

प्रकाशित: Nov 21, 2020| 15:00 शनिबार, मंसिर ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।