शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाग्मती सफाइ महाअभियानको चार सय साताः अझै सफा भएन वाग्मती

बाग्मती सफाइ महाअभियानको चार सय साताः अझै सफा भएन वाग्मती

वाग्मती सफाइ महाभियान सुरु भएको चार सय साता भए पनि नदीमा फोहर गर्ने क्रम भने रोकिएको छैन। 
 |  शनिबार, मंसिर ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ६, २०७७

काठमाडौं- वाग्मती सफाइ महाभियान सुरु भएको चार सय साता भए पनि नदीमा फोहर गर्ने क्रम भने रोकिएको छैन। 

पशुपति क्षेत्रको गौरीघाट, शङ्खमूललगायत सांस्कृतिकस्थलमा फोहर जम्मा भए पनि सरोकार भएका निकाय मौन बसेको सफाइ अभियानकर्मीको गुनासो छ। 

अभियानकर्मीले सफा गरिरहने र फोहर फाल्नेले फालिरहने हो भने वाग्मती सधैँ प्रदूषित नै हुने उनीहरुको भनाइ छ। अभियानकर्मी चक्रबहादुर चन्द शङ्खमूल क्षेत्रमा फोहर बढ्न थालेको बताउँछन्। सफाइमा स्थानीय सरकारले ध्यान नदिएको अभियानकर्मीको गुनासो छ।

पशुपति क्षेत्रको आर्यघाटबाट बगाइएको बाँसका लाँक्रा तीनकुने आलोकनगरसम्म पुग्न थालेका छन्। आलोकनगर सफाइ अभियानकर्मी प्रमिला पौडेल कोरोनाका कारण सफाइ अभियानमा पहिलेभन्दा कम सहभागिता जुट्न थालेपछि फोहर बढ्न थालेको स्वीकार्छन। फलस्वरुप नदीमा कालो पानी बग्न थालेको छ।

वाग्मती सफाइ महाभियानको ३९३ औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ। पशुपति क्षेत्रको सफाइ अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सम्पन्न भएको छ। पशुपति भष्मेश्वर घाट क्षेत्रमा सफाइ गरिएको उनले बताइन्।  

यसैसैगरी  शङ्खमूल क्षेत्रमा वाग्मती मनोहरा दोभान र बुद्धनगर सत्य साइबाबा उद्यान क्षेत्रमा सफाइ गरिएको छ। यस क्षेत्रको नदी किनारका दायाँबायाँमा रहेका घर, पसल, ग्यारेज व्यवसायीलगायतलाई जनचेतनामूलक अभियानसहित फोहर टिपेर कुहिने र नकुहिनेमा वर्गीकरणका साथ व्यवस्थापन गरिएको अभियानकर्मी डा लक्ष्मी पौडेलले जानकारी दिइन्। 

गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ३५३औँ हप्तामा जोरपाटी क्षेत्रको नदी किनारमा सफाइ गरिएको छ। कोरोना महामारी भए पनि सफाइ अभियानमा सहभागिता बढ्न थालेको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए। 

विष्णुमती सफाइ अभियानको ३२२ औँ हप्तामा काठमाडौँ महानगरपालिका १७ स्थित शोभाभगवती खुसीबुँमा जम्मा भई छलफलसहित अर्को हप्ता शनिबारदेखि नदीमा स्काभेटर चलाएरै सफाइ गर्ने निर्णय भएको छ। महानगरका वडा नं १५, १६ र १७ मा जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिने निर्णय बैठकले गरेको अभियानकर्मी शोभाकान्त पाण्डेले बताए।  

मनोहरा सफाइ महाभियानको १९२ औँ हप्तामा काठमाडौँ महानगरपालिका ३२ जडीबुटीस्थित कृषिबजारअघिको नदी किनारमा सफाइ गरिएको छ। सफाइबाट एक गाडी फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्र दङ्गालले जानकारी दिए। सफाइमा करीब ५०  अभियानकर्मीको सक्रियता थियो।

ललितपुरको गोदावरी खोला सफाइ अभियानको ९०औँ हप्तामा खोलाका विभिन्न स्थानमा भौतिक दूरी कायम गर्दै सफाइ गरिएको छ। सबै क्षेत्रको सफाइ अभियान भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर सम्पन्न गरिएको थियो। 

विसं ०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान सुरु भएपछि यसका सहायक नदीसहित देशका प्रमुख नदी एवं सहर गरी हालसम्म १०६ स्थानमा सफाइ अभियान सुरु भइसकेको छ। कोरोनाबाट बच्न गत वर्ष चैतमा बन्दाबन्दी जारी गरिएपछि भने सफाइ अभियानमा सुस्तता छाएको छ। 

प्रकाशित: Nov 21, 2020| 13:17 शनिबार, मंसिर ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।