शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ मा चालू आर्थिक वर्षमा पूर्वाधारका नयाँ योजना सञ्चालन नहुने

प्रदेश १ मा चालू आर्थिक वर्षमा पूर्वाधारका नयाँ योजना सञ्चालन नहुने

प्रदेश १ मा चालु आर्थिक ०७७–७८ मा भौतिक पूर्वाधारका नयाँ योजना सञ्चालन नहुने भएका छन्। 
 |  शनिबार, मंसिर ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ६, २०७७

विराटनगर– प्रदेश १ मा चालु आर्थिक ०७७–७८ मा भौतिक पूर्वाधारका नयाँ योजना सञ्चालन नहुने भएका छन्। 

कोरोना संक्रमणका कारण बजेट अभाव भएपछि नयाँ योजना सञ्चालन नहुने भएको हो। बहुबर्षीय  आयोजना अन्तर्गत गत आर्थिक वर्षका योजनाहरूले मात्र निरन्तरता पाउने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। 

प्रदेश १ मा बहुवर्षीय सडक आयोजना अन्तर्गत ६२ वटा सडक छनौटमा परेका छन्। ५० वटा आयोजना गत आर्थिक वर्षमा सम्झौता भएर निर्माणको चरणमा छन्। बाँकी केही आयोजनाको सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेका मन्त्रालयले जनाएको छ। 

सम्झौता भई काम सुरु भएका र सम्झौताको प्रक्रिया अगाडि बढेका बाहेक अन्य आयोजनाको काम तत्काललाई स्थगित गर्नुपर्ने अवस्था देखिएको सडक तथा पुल महाशाखा प्रमुख रेवतिरमण पराजुलीले बताए। 

मन्त्रालयमा छलफल भइरहेको र केही समय भित्र नै मन्त्रालयले काम सुरु नभएका आयोजना स्थगित गरेको सूचना प्रकाशित गरिने उनले बताए। 

आवश्यक बजेटको व्यवस्थापन हुनसके सञ्चालनमा रहेका सडकहरुको काम चालु आर्थिक बर्षमा ६० प्रतिशत पुरा हुने महाशखा प्रमुख पराजुलीको भनाइ छ।   

भोजपुर बजारदेखि टक्सार हुँदै भोजपुर विमास्थलसम्म पुग्ने साढे ५ किलोमिटर सडकको निर्माण सम्पन्न भइसकेको छ भने धनकुटाको बाघखोर हुँदै छिन्ताङ पुग्ने सडक यसै वर्ष कालोपत्रे गर्ने गरि काम भइरहेको पराजुलीले बताए। 

मोटरेबल सडक पुलतर्फ संघीय सरकारबाट हस्तान्तरण भई प्रदेश सरकार मातहतमा आएका ५१ वटा मध्ये २५ वटाको निर्माण कार्य पुरा भइसकेको छ। बाँकी पुलको निर्माण कार्य पनि अन्ति चरणमा पुगेको प्रदेश १ भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ। 

ग्रामिण क्षेत्रको सडक यातायातलाई लक्षित गरी प्रदेश १ सरकारको छनौटमा परेका ९७ वटा झुलुङ्गे पुल मध्ये ३५ वटा निर्माण सम्पन्न भइसकेका छन्।  

पर्याप्त बजेटको अभावमा प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको बहुवर्षीय सडक आयोजना, मोटरेबल सडक पुल, झुलुङ्गे पुल निर्माण प्रदेशिक विशेष सडक आयोजनाका काम प्रभावित हुने देखिएको मन्त्रालयका अधिकारको भनाइ छ। 

 प्रदेश १ सरकारले छनौट गरी महत्वका साथ अघि बढाएको प्रादेशिक विशेष सडक आयोजना अन्तर्गत पनि सडक निर्माणको काम धमाधम भइरहेको छ। 

२० किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का भइसकेको छ भने सडकहरुको डीपीआर तयारी भइरहेको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ।  

प्रकाशित: Nov 21, 2020| 12:58 शनिबार, मंसिर ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।