शनिबार, कात्तिक २९, २०८२

बलिउडमा ड्रग्सः कमेडियन भारती र उनका पति प्रहरी हिरासतमा

बलिउडकी चर्चित कमेडियन भारती सिंहको घरमा लागू औषध नियन्त्रण ब्यूरोले शनिबार छापा मारेको छ।
 |  शनिबार, मंसिर ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ६, २०७७

एजेन्सी-  बलिउडकी चर्चित कमेडियन भारती सिंहको घरमा लागू औषध नियन्त्रण ब्यूरोले शनिबार छापा मारेको छ। भारती र उनका पतिलाई लागू औषध सेवन गरेको आरोप लागेपछि प्रहरीले दुबैलाई हिरासतमा लिएर सोधपुछ गरिरहेको छ।

National life

एक ड्रग विक्रेतासँगको सोधपुछपछि भारतीको मुम्बईका अंधेरी, लोखन्डवाला र वर्सोवास्थित घरमा छापा मारिएको र केही लागू पदार्थ समेत बरामद भएको बताइएको छ।

स्ट्यान्डअप कमेडियन भारती सिंह अभिनेत्री पनि हुन्। उनी ‘द कपिल शर्मा शो’ मा अभिनय गर्नुका साथै ‘इन्डियाज बेस्ट डान्सर’ रियालिटी शोमा आफ्ना पतिसँगै कार्यक्रम होस्ट गरिरहेकी छन्। 

भारतीले २०१७ मा राइटर हर्ष लिन्बिचियासँग विवाह गरेकी हुन्। उनले करिअरको सुरुआत ‘लाफ्टर च्यालेन्ज’ बाट गरेकी थिइन्। 
 

प्रकाशित: Nov 21, 2020| 12:24 शनिबार, मंसिर ६, २०७७
प्रतिक्रिया दिनुहोस्