शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • थप १६७४ जनामा कोरोना भाइरस, मृतकको संख्या १३ सय नाघ्यो

थप १६७४ जनामा कोरोना भाइरस, मृतकको संख्या १३ सय नाघ्यो

केही महिनादेखि पर्याप्त परीक्षण नभए पनि जाँचिएका नमुनामा ठूलो दरमा सङ्क्रमण देखिएको छ।
 |  शनिबार, मंसिर ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ६, २०७७

काठमाडौं-  नेपालमा विगत २४ घण्टामा १ हजार ६७४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने सात जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

केही महिनादेखि पर्याप्त परीक्षण नभए पनि जाँचिएका नमुनामा ठूलो दरमा सङ्क्रमण देखिएको छ।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख १८ हजार नाघेको छ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ९ छ।

सरकारी तथ्याङ्कअनुसार १ लाख ९३ हजार ३२५ जना निको भइसकेका भने १ हजार ३०५ को संक्रमणका कारण मृत्यु भएको छ।

मन्त्रालयले शनिवार प्रकाशित गरेको विवरणमा २४ घण्टाको अवधिमा थप २ हजार ३२३ जना सङ्क्रमणमुक्त भएको उल्लेख छ।

यसअघि शुक्रवार १ हजार ९४५ जनामा सङ्क्रमण पत्ता लागेको थियो भने २२ जनाको मृत्यु भएको थियो।

प्रकाशित: Nov 21, 2020| 10:41 शनिबार, मंसिर ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।