सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

घोडाघोडीमा आइपुगे पाहुना चरा

साइबेरिया, मंगोलिया, उत्तरी चीनबाट पाहुना चरा आइपुगेका हुन्। 
 |  शनिबार, मंसिर ६, २०७७
nespernesper

भीम चौधरी

भीम चौधरी

शनिबार, मंसिर ६, २०७७

धनगढी– कैलालीको घोडाघोडी तालमा पाहुना चरा आइपुगेका छन्। विश्व रामसार सूचीमा सूचीकृत  घोडाघोडी ताल क्षेत्र हरिहाँसका लागि प्रसिद्ध मानिन्छ।

triton college

जाडो छल्न र उपयुक्त आहाराको खोजी गर्दै साइबेरिया, मंगोलिया, उत्तरी चीनबाट पाहुना चरा आइपुगेका हुन्। 

हरेक वर्ष अक्टोबर महिनाको अन्तिमतिरबाट टाढाटाढाबाट पाहुना चरा यहाँ आउने गरेका छन्। घोडाघोडीमा जाडो याममा बसाइँ सरेर २९ प्रजातिका पाहुना चरा आउने गरेका छन्। 

यो वर्ष अहिलेसम्म कैलेटाउके हाँस, श्वेताँखीभौ, खडखडे हाँस, मरुल, ठूलो जलेवा, लघु राजपुत्रिका, चञ्चले, सुडसुडिया, रुख सुडसुडिया, टिमटिमा, वन सुडसुडिया, मसिनोठूँडे, टिमटिमा आइपुगेको चराविज्ञ हिरुलाल डगौराले बताए।

Metro Mart
vianet

घोडाघोडीमा ६४ प्रजातिको जलपक्षी पाइने गरेका छन्। जसमध्ये केहि रैथाने हुन भने जाडो सिजनमा बसाइँ सरेर आउने चराहरु विभिन्न देशबाट आएका हुन। बसाइँ सरेर आएकामध्ये कैलेटाउके हाँस विश्वमै लोपोन्मुख प्रजाति हो।

‘यो बेला मङ्गोलिया, साइबेरिया र उत्तरी चीनमा अत्यधिक जाडो हुन्छ’, चरा विज्ञ डगौैराले भने, ‘त्यहाँ अत्यधिक जाडो सुरु भएपछि त्यहाँका चरा उपयुक्त बासस्थान र आहारा खोज्दै कैलालीको घोडाघोडी सिमसारसम्म आइपुग्छन् ।’

पाहुना चरा फागुन मसान्तसम्म यहाँ रहने गरेका छन्। डगौराले भने, ‘गर्मी बढ्न थालेपछि आगन्तुक चराहरु फेरि उतै फर्किने गरेका छन्।’

घोडाघोडी सिमसार क्षेत्रमा तीन सय ४२ प्रजातिको चरा पाईन्छन्। ‘यहाँ चराहरुको अवस्था सुधारोन्मुख छ’, डगौराले भन, ‘नयाँ प्रजाति थपिदैं गएका छन्।’

घोडाघोडी सिमसार जल र स्थल चराको लागि अत्यन्त उपयुक्त ठाउँ मानिदैं आए पनि प्राकृतिक बासस्थानको विनाशले चुनौती थपिएको छ। ‘जलपंक्षीका बासस्थानमा गडबडी आएको छ’, डगौराले भने, ‘स्थल पंक्षीको बासस्थान विनाश भइरहेको छ।’
 

प्रकाशित: Nov 21, 2020| 06:09 शनिबार, मंसिर ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।