शुक्रबार, भदौ २६, २०८३

चितवनमा आठ महिनपछि वनभोजस्थल खुल्ला

 जिल्लाको धेरै वनभोज हुने ज्ञानेश्वर सामुदायिक वनमा वनभोजका लागि खुल्ला गरिएको छ। 
 |  शनिबार, मंसिर ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ६, २०७७

चितवन- जिल्लाको धेरै वनभोज हुने ज्ञानेश्वर सामुदायिक वनमा वनभोजका लागि खुल्ला गरिएको छ। 

गत चैतदेखि बन्द गरिएको स्थल शनिबारबाट खुल्ला गरिएको हो। 

उपभोक्ता समितिको शुक्रबार सम्पन्न बैठकले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै कार्यक्रम आयोजना गर्न दिने निर्णय गरेको थियो। 

समितिका अध्यक्ष राजन अधिकारीका अनुसार यो मौसममा गत वर्षहरुमा एकै दिन ९२ वटासम्म वनभोज कार्यक्रम हुने गरेका थिए। 

नारायणी नदी तटमा रहेको उक्त स्थानमा कार्यक्रम गर्नका लागि १२ वटा टहरा बनाइएका छन्। खानेपानी, विद्युत्, शौचालयलगायतका वनभोजलाई आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार रहेको उनले जानकारी दिए, 

नदी, वन र वन्यजन्तुको मनोरम दृश्यसँगै रमाउँदै वनभोज गर्न यहाँ टाढाटाढाबाट मानिस आउने गर्दछन्। 

सामुदायिक वनमा खुल्ला चिडियाखानासमेत रहेको छ। जहाँ वन्यजन्तु नजिकबाट अवलोकन गर्न पाइन्छ। 

सोही ठाउँमा एउटा पार्क छ भने नजिकै शहीद स्मृति पार्क पनि निर्माण भइरहेको छ। सो वन क्षेत्रमा दुर्लभ बाघ, एकसिङ्गे गैँडा, चित्रि, मयूर, बँदेललगायत वन्यजन्तु तथा चराचुरुङ्गी हेर्न पाइन्छ। 

चितवन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु नारायणी किनार हुँदै यहाँ आउ जाउ गर्दछन्। सो ठाउँमा चितवनलगायत नवलपरासी, धादिङ, गोरखा र मकवानपुरबाट  वनभोजका लागि मानिस आउने गरेको अधिकारीले जानकारी दिए।  

प्रकाशित: Nov 21, 2020| 04:46 शनिबार, मंसिर ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।