शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खेलकुदमा आबद्ध नेता कार्यकर्तालाई प्रशिक्षण दिन ओली समूहको कर्णालीमा भेला  

खेलकुदमा आबद्ध नेता कार्यकर्तालाई प्रशिक्षण दिन ओली समूहको कर्णालीमा भेला  

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमै रहेका बेला मदन भण्डारी स्पोर्ट्स एकेडेमीले कर्णाली प्रदेशमा प्रदेश भेलाको तयारी गरेको छ।
 |  शनिबार, मंसिर ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ६, २०७७

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमै रहेका बेला मदन भण्डारी स्पोर्ट्स एकेडेमीले कर्णाली प्रदेशमा प्रदेश भेलाको तयारी गरेको छ। 

आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी कर्णाली प्रदेशकी सचिव हेमा खड्काले दिउँसो १ बजे बधाई तथा प्रदेश भेला आयोजना गरिएको जानकारी दिइन्। 

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालको स्वागतका लागि कार्यक्रम गर्न लागिएको बताए पनि एकेडेमीको कर्णाली प्रदेश शाखाले प्रशिक्षण कार्यक्रम गर्न लागेको हो।

‘खेलकुदको माध्यमबाट मदन भण्डारीको विचार र सिद्धान्तलाई एकजुट बनाएर कसरी लैजाने भन्ने विषयमा नै मुख्य रुपमा कार्यक्रम गर्न लागिएको हो,’ आयोजक समितिकै एक सदस्यले भने।

भेलालाई एकेडेमीका केन्द्रीय उपाध्यक्ष धुव्र आचार्य र राखेप सदस्य सचिव सिलवालले सम्बोधन गर्ने कार्यक्रम छ।

नेकपाभित्र नेताहरुले एक अर्काले गुट उपगुटका भेला गर्दै आइरहेका छन्। कर्णाली प्रदेशमा स्पोर्ट्स एकेडेमीले कार्यक्रम गर्न लागे पनि उक्त भेलामा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षीय नेता कार्यकर्ताको सहभागिता रहने बताइएको छ। 

खेल क्षेत्रमा आवद्ध प्रदेशका नेता कार्यकर्ताहरूलाई अहिले पार्टीभित्र देखिएको विवाद र जबजका रुपमा खरो रुपमा प्रस्तुत हुन निर्देशन दिनका लागि नै प्रशिक्षण दिन लागिएको बताइएको छ।

ओली समूहले मदन भण्डारी फाउन्डेसन र मदन भण्डारीका नाममा रहेका अन्य विभिन्न समूहका माध्यमबाट देशैभर पछिल्लो समय विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ। 

यसअघि प्रदेश १ मा ओली समूहले प्रदेश भेलाको नै आयोजना गरेको थियो। त्यस्तै केहीसमय अघि काठमाडौंमा पनि आफू निकटका नेता कार्यकर्ताहरू सहभागी गराएर उपप्रधानमन्त्री एवम् नेकपा सचिवालयका सदस्य ईश्वर पोखरेलले प्रशिक्षण गरेका थिए। 

कर्णाली प्रदेशमा देखिएको विवाद समाधान नभइरहेका बेला ओली समूहले भेलाका माध्यमबाट आफ्नो उपस्थिति बलियो बनाउन खोजेको देखिएको छ।

प्रकाशित: Nov 21, 2020| 03:45 शनिबार, मंसिर ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।