शुक्रबार, भदौ २६, २०८३

सडकका सिसीटिभी र सौर्य बत्ती मर्मत

जिल्लाको पाटन नगरपालिका बजार क्षेत्रमा बिग्रिएका सिसीटिभी क्यामेरा र सौर्य सडक बत्ती मर्मत गरिएको छ।
 |  शनिबार, मंसिर ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ६, २०७७

बैतडी– जिल्लाको पाटन नगरपालिका बजार क्षेत्रमा बिग्रिएका सिसीटिभी क्यामेरा र सौर्य सडक बत्ती मर्मत गरिएको छ।

बजार क्षेत्रका सिसीटिभी क्यामेरा मर्मत भएका र यसले अपराध न्यूनीकरणमा समेत सहयोग पुग्ने इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक धनदेव साउँदले बताए। 

उनले भने,‘बजार क्षेत्रमा भइरहेका गतिविधिका बारेमा सिसीटिभी क्यामेराबाट थाहा भइरहेको हुन्छ। त्यसको कन्ट्रोल प्रहरीसँग भएकाले केही अवाञ्छित क्रियाकलाप भएमा तुरुन्त एक्सन लिन सजिलो हुन्छ।’

नगरपालिकाको बजार क्षेत्रका सिसीटिभी क्यामेरा मर्मत कार्य सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त पन्तले जानकारी दिए। यस्तै बजार क्षेत्रका सौर्य सडक बत्ती मर्मतको कामसमेत भइरहेको उनले बताए।

पाटन बजार क्षेत्रमा विसं ०७३ मा १३ ठाउँमा १३ लाख ५० हजारको लागतमा सौर्य सडक बत्ती जडान गरिएको थियो। सघीय सरकारको १० लाख, पाटन नगरपालिकाको दुई लाख र स्थानीयको डेढ लाखमा सौर्य सडक बत्ती जडान गरिएको थियो। 

यस्तै करिब पाँच लाखमा विसं ०७६ को असारमा पाटन बजारका ११ ठाउँमा सिसीटिभी क्यामेरा जडान गरिएका थियो।

प्रकाशित: Nov 21, 2020| 02:41 शनिबार, मंसिर ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।