शुक्रबार, भदौ २६, २०८३

कार्यथलो फर्कने बढ्दै 

तिहार सकिएलगत्तै कार्यथलो फर्कनेको सङ्ख्या बढ्दै गएको छ। 
 |  शनिबार, मंसिर ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ६, २०७७

बैतडी– तिहार सकिएलगत्तै कार्यथलो फर्कनेको सङ्ख्या बढ्दै गएको छ। 

कोरोनाका कारण त्यसपछि दसैं र तिहारका लागि घर फर्किएका बैतडीका नागरिक कार्यथलो फर्कन थालेका हुन्। जिल्लाका विभिन्न राजमार्गमा हाल सवारी साधन यात्रुको घुइँचो लाग्ने गरेको मुस्याचौरका व्यापारी मानबहादुर टेरले बताए। 

कोरोना कहरका कारण विगतका वर्षहरुमा जस्तो भीडभाड नभए पनि फर्कनेको सङ्ख्या भने साधारण अवस्थाको भन्दा बढी रहेको  टेरको भनाइ छ। 

विभिन्न रोजगारीका सिलसिलामा रहेका तिहार सकिएलगत्तै आफ्नो कर्मथलो फर्किन थालेका हुन्। यसका साथै पढाइका लागि जिल्ला बाहिर रहेका पनि फर्करहेका छन्। 

कोरोना कहरका कारण विगतको जस्तो दसैं र तिहारको रौनक  नभएको उनीहरुको भनाइ छ। अझै पनि कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्डको पालना गर्दै यात्रा गर्न स्वास्थ्यकर्मीले अनुरोध गरेका छन्। 

प्रकाशित: Nov 21, 2020| 02:38 शनिबार, मंसिर ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।