शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना अपडेट : मृतकको संख्या १३ सय नजिक, ६३ जना भेन्टिलेटरमा उपचाररत

कोरोना अपडेट : मृतकको संख्या १३ सय नजिक, ६३ जना भेन्टिलेटरमा उपचाररत

सबैभन्दा बढी बागमती प्रदेशमा १७७ जना आईसियूमा र ३८ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
 |  शुक्रबार, मंसिर ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ५, २०७७

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालभर ४६६ जना कोरोना संक्रमित आईसियू तथा भेन्टिलेटरमा उपचाररत छन्। 

६३ जना गम्भिर अवस्थाका कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् भने ४०३  जना संक्रमित आईसियूमा छन्।  

शुक्रबार सबैभन्दा बढी बागमती प्रदेशमा १७७ जना आईसियूमा र ३८ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। 

त्यस्तै प्रदेश १ मा ४८ जना आईसियूमा र ६ जना भेन्टिलेटरमा छन् भने प्रदेश २ मा १२ जना आईसियूमा र १ जना भेन्टिलेटरमा छन्। गण्डकी प्रदेशमा ८८ जना आईसियूमा र १२ जना भेन्टिलेटरमा उपचाररत छन्। 

त्यस्तै लुम्बिनी प्रदेशमा ५९ जना आईसियुमा र ५ जना भेन्टिलेटरमा उपचाररत छन्। कर्णाली प्रदेशमा १२ जना आइसियूमा र सुदूरपश्चिममा ७ जना आईसियुमा र १ जना भेन्टिलेटरमा छन्।

पछिल्लो २४ घण्टामा एक हजार ९४५ कोरोना संक्रमित थपिएका छन्। योसँगै कुल संक्रमितको संख्या दुई लाख १६ हजार ९६५ पुगेको छ। 

त्यस्तै पछिल्लो २४ घण्टामा २२ जना संक्रमितको ज्यान गएको छ। यससँगै नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या एक हजार २९८ पुगेको छ।

२४ घण्टामा पाँच हजार ३६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या एक लाख ९१ हजार २ पुगेको छ। 

देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  

प्रकाशित: Nov 20, 2020| 10:52 शुक्रबार, मंसिर ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।