शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पार्टी एकता जोगाउन दुवै अध्यक्ष प्रतिबद्ध : सुवास नेम्बाङ 

पार्टी एकता जोगाउन दुवै अध्यक्ष प्रतिबद्ध : सुवास नेम्बाङ 

पार्टी एकता जोगाउन दुवै अध्यक्ष प्रतिबद्ध रहेको नेता सुवास नेम्बाङले बताएका छन्। 
 |  शुक्रबार, मंसिर ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ५, २०७७

काठमाडौं– पार्टी एकता जोगाउन दुवै अध्यक्ष प्रतिबद्ध रहेको नेता सुवास नेम्बाङले बताएका छन्। 

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग शुक्रबार दिउँसो भएको भेटवार्ताका क्रममा नेम्बाङले पार्टी एकता बचाउन र गुटबन्दी अन्त्य गरेर अगाडि बढ्न प्रस्ताव गरेका थिए। 

नेम्बाङको प्रस्तावमा अध्यक्ष दाहाल सकारात्मक देखिएका छन्। दाहाललाई उदृत गर्दै नेम्बाङले भने, ‘पार्टी एकताप्रति म पनि प्रष्ट र प्रतिबद्ध छु, सचिवालयमा पेश भएको प्रतिवेदनले डोरी चुँडीएको छैन।’ 

सबैले पहल र प्रयास गरे पार्टीलाई एकताबद्ध बनाउन सकिने दाहालको भनाइ थियो। 

कार्यकारी अध्यक्ष दाहाललाई भेट्नुअघि नेम्बाङले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन संवाद गरेका थिए।

संवादका क्रममा ओलीले पनि पार्टीलाई एकढिक्का बनाएर अगाडि जान आफू तयार रहेको बताएका थिए। 

प्रकाशित: Nov 20, 2020| 09:07 शुक्रबार, मंसिर ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।