मंगलबार, चैत १०, २०८२

भारतमा अक्सफोर्ड भ्याक्सिन अप्रिलसम्म आउने

सिरम इन्स्टिच्यूट अफ इन्डियाले आगामी अप्रिलसम्ममा भारतमा सर्वसाधारणको प्रयोगका लागि अक्सोफर्ड भ्याक्सिन आइसक्ने जनाएको छ। 
 |  शुक्रबार, मंसिर ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ५, २०७७

एजेन्सी-  सिरम इन्स्टिच्यूट अफ इन्डियाले आगामी अप्रिलसम्ममा भारतमा सर्वसाधारणको प्रयोगका लागि कोरोनाविरुद्धको अक्सोफर्ड भ्याक्सिन आइसक्ने जनाएको छ। 

National life

भारतमा भ्याक्सिन बनाउने कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियाका मुख्य कार्यकारी अधिकारी अदार पुनवालाले अक्सफोर्ड कोभिड– १९ भ्याक्सिन स्वास्थ्य कर्मचारी र वृद्धवृद्धाका लागि आगामी फेब्रुअरीसम्म उपलब्ध हुने र आम नागरिकका लागि अप्रिलसम्म उपलब्ध हुने बताएका हुन्।  

लान्सेट जर्नलमा प्रकाशित रिपोर्ट अनुसार यो भ्याक्सिन ६० वर्षभन्दा माथिको उमेर समूहका लागि पनि प्रभावकारी छ।

बेलायती औषधि कम्पनी एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालय मिलेर बनाउन लागेको यो भ्याक्सिनको अन्तिम चरणको परीक्षणको नतिजा एक दुई साताभित्रै आउने बताइएको छ। 

उक्त भ्याक्सिन भारतमा सिरम इन्स्टिच्युट अफ इन्डियाले बनाउँदै छ।

Laxmi sunrise bank
kumari

भारतीय सञ्चारमाध्यमका अनुसार पुनावालाले भ्याक्सिनको मूल्य पनि खुलासा गरेका छन्। उनका अनुसार भ्याक्सिनका दुई जरुरी खुराकका लागि अधिकतम मूल्य एक हजार भारु हुनेछ।

तर, यो सबै कुरा परीक्षणको अन्तिम नतिजा र नियामक निकायको स्वीकृतिमा भरपर्ने पनि उनले बताए। उनका अनुसार यो भ्याक्सिन अन्य भ्याक्सिनका तुलनामा निकै सस्तो मूल्यमा उपलब्ध हुनेछ। 

उनले सबै भारतीयलाई उक्त भ्याक्सिन लगाउन भने सन् २०२४ सम्म पर्खनु पर्ने बताए। उनले भने, ‘भारतमा प्रत्येक व्यक्तिलाई भ्याक्सिन लगाउन दुई या तीन वर्षसम्म लाग्न सक्छ। यो आपूर्तिको कमीका कारण मात्र होइन, बजेट, उपकरण, अन्य साधन र पूर्वाधारको कमीका कारण पनि समय लाग्ने भएको हो।’

अहिले भारतमा कुल सात वटा भ्याक्सिनको क्लिनिकल परीक्षण भइरहेको छ। यीमध्ये पाँचको ह्युमन क्लिनकल ट्रायल र दुईको प्रि– क्लिनिकल ट्रायल भइरहेको छ। 

पुनावालाका अनुसार अक्सफोर्ड भ्याक्सिन सस्तो, सुरक्षित र दुईदेखि चार डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिन्छ।

उनले सिरम इन्स्स्टिच्युट इन्डियाले आगामी फरबरीसम्म १० करोड खुराक भ्याक्सिन उत्पादन गर्ने योजना बनाएको पनि जानकारी दिए। 

यसैबीच भारतका केन्द्रीय स्वास्थ्य मन्त्री हर्षवर्धनले बिहीबार कोरोनाविरुद्धको भ्याक्सिन आउँदावित्तिकै सबैभन्दा पहिले स्वास्थ्यकर्मीलाई र त्यसपछि ६५ वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई दिइने बताएका छन् । 
 

प्रकाशित: Nov 20, 2020| 08:25 शुक्रबार, मंसिर ५, २०७७
प्रतिक्रिया दिनुहोस्