शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धुम्बाराहीमा नेकपा अध्यक्ष दाहालसहितका नेताहरु छलफलमा

धुम्बाराहीमा नेकपा अध्यक्ष दाहालसहितका नेताहरु छलफलमा

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको विवाद जारी रहेका बेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु पार्टी कार्यालय धुम्बाराहीमा छलफलमा जुटेका छन्।
 |  शुक्रबार, मंसिर ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ५, २०७७

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको विवाद जारी रहेका बेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु पार्टी कार्यालय धुम्बाराहीमा छलफलमा जुटेका छन्।

कार्यकारी अध्यक्ष दाहालले पार्टी महासचिव विष्णु पौडेलसँग छुट्टै छलफल पनि गरेका छन्। अध्यक्ष दाहालले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्तावपछि पार्टीभित्र शक्ति संघर्ष चर्किएका बेला दाहाल र पौडेलबीच भेटवार्ता भएको हो।

त्यस्तै, अहिले दाहालले नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङसँग पनि छलफल गरिरहेका छन्।

२८ कात्तिकमा बसेको सचिवालय बैठकमा दाहालले १९ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए। ओली पक्ष उक्त प्रस्तावपछि आक्रोशित छ। 

३ मंसिरमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दाहालको राजनीतिक प्रस्तावको लिखित रुपमा नै जवाफ दिने र अर्को प्रस्ताव पेश गर्ने बताएका थिए। 

सचिवालय बैठकले १० दिनको समय दिएपछि अब १३ मंसिरमा बैठक बस्ने तय भएको छ। 

प्रकाशित: Nov 20, 2020| 08:05 शुक्रबार, मंसिर ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।