शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एकैपटक ३३ एसएसपीको सरुवा, काठमाडौं र ललितपुर प्रहरी प्रमुख पनि फेरिए

एकैपटक ३३ एसएसपीको सरुवा, काठमाडौं र ललितपुर प्रहरी प्रमुख पनि फेरिए

गृहमन्त्रीस्तरीय निर्णयबाट शुक्रवार ३३ जना एसएसपीको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 
 |  शुक्रबार, मंसिर ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ५, २०७७

काठमाडौं- गृह मन्त्रालयले एकैपटक नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । 

गृहमन्त्रीस्तरीय निर्णयबाट शुक्रवार ३३ जना एसएसपीको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रहरी प्रधान कार्यालयले एसएसपीहरुको सरुवा भएको जानकारी दिँदै कार्यान्वयनका लागि विभिन्न निकायहरुमा बोधार्थ पठाएको छ ।

एसएसपीको सरुवासँगै काठमाडौं र ललितपुरका प्रहरी प्रमुखहरु पनि फेरिएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँमा अशोक सिंह आएका छन् भने ललितपुरमा किरण बज्राचार्यको सरुवा भएको छ। 

यसैगरी महानगरी ट्राफिक प्रहरी महाशाखा प्रमुखका रुपमा जनक भट्टराई आएका छन् । हालका प्रमुख भीम ढकाल भने प्रहरी प्रधान कार्यालय सामुदायिक प्रहरी महाशाखा नक्सालमा सरुवा भएका छन् । 

हेर्नुहोस् को कहाँ सरुवा भए ?

प्रकाशित: Nov 20, 2020| 07:30 शुक्रबार, मंसिर ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।