धनगढी- कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष मृत फेला परेका छन् ।
वडाध्यक्ष कृष्ण बहादुर रोकायाको शव सोही वडास्थित किसान मध्यवर्ती वनभित्र रुखमा झुण्डिएको अवस्थामा प्रहरीले फेला फारेको हो ।
५५ वर्षीय रोकायाको शव घर भन्दा करिब एक किलोमिटर टाढाको जंगलमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए।
वडाध्यक्ष रोकायाको शव फेला परेको र घटना सम्बन्धी थप अनुसन्धान भइरहेको उनले बताए ।