शुक्रबार, भदौ २६, २०८३

वालिङ नगरपालिकामा जनस्वास्थ्य विपद् घोषणा 

स्याङ्जाको वालिङ नगरपालिकामा कोरोना संक्रमण बढेपछि ‘जनस्वास्थ्य विपद्’ घोषणा गरिएको छ।
 |  शुक्रबार, मंसिर ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ५, २०७७

पोखरा– स्याङ्जाको वालिङ नगरपालिकामा कोरोना संक्रमण बढेपछि ‘जनस्वास्थ्य विपद्’ घोषणा गरिएको छ। नगर कार्यपालिकाको बिहीबार बसेको बैठकले जोखिम कम गर्न मंसिर ५ गते राति १२ बजेदेखि १ हप्ता बन्द गर्ने निर्णय गरेको हो।

वालिङको ‘र्‍यापिड रेस्पोन्स टिम’ को बैठकले नगरमा कोभिड संक्रमित बिरामीको संख्या बढ्दै गएकोले १० दिन बन्दाबन्दी गर्न सिफारिस गरेको थियो। योसँगै नगरस्तरीय कोभिड १९ संक्रमण व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा नगर कार्यपालिकाको बैठकले ‘जनस्वास्थ्य विपद’ घोषणा गरी एकहप्ता बन्द गर्ने निर्णय गरेको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए। 

‘बन्दाबन्दी सुरु भएको अवस्थादेखि असोजसम्ममा भारतलगायत तेस्रो मुलुकबाट आई क्वारेन्टिनमा बस्नेहरुमा भन्दा कात्तिक महिनामा मात्रै संक्रमणको दर समुदायस्तरमा बढेकाले जनस्वास्थ्य विपद् घोषणा गरी बन्द गरेका हौं,’ नगर प्रमुख खाँणले भने।

जनस्वास्थ्य ऐन २०७५ को दफा ४८ को उपदफा ४ एवं जनस्वास्थ्य नियमावली २०७७ को नियम २७ को उपनियम ४ ले दिएको अधिकार प्रयोग गरी जनस्वास्थ्य विपद् घोषणा गरी मानिसहरुको भीडभाड हुने स्थानहरु, बैंक तथा वित्तीय संस्थाहरु, सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय, बजार, पसल, अत्यावश्यक बाहेकका सवारी साधनहरु, सभा समारोह नगर्न नगराउन अनुरोध गरिएको नगर उपप्रमुख कल्पना तिवारीले बताइन्।

नगरपालिकाभित्र सभा समारोह, धार्मिक एवं सांस्कृतिक कार्यहरुमा २५ जनाभन्दा बढी भेला हुन नदिने र एक हप्ताको अवधिलाई बन्दाबन्दी घोषणा गर्न जिल्ला कोभिड संक्रमण व्यवस्थापन समितिमा सिफारिस गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए। 

त्यस्तैगरी बैठकले वालिङ नगरपालिकाले स्थापना गरेको आइसोलेसन सेन्टरमा रहेका संक्रमितहरुलाई कोभिड १९ को लक्षण देखा परिरहेको र बिरामीहरुको तत्काल ब्यवस्थापनका लागि कोभिड अस्थायी अस्पतालमा आकस्मिकरुपमा उपचारका लागि औजार तथा उपकरणहरु तत्काल खरिद गर्ने निर्णयसमेत गरेको छ।

वालिङ नगरपालिकामा हालसम्म एकसय ६९ जना संक्रमित भएकामा १ सय ४३ जना निको भएर घर फिर्ता गएका छन्। हाल २३ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए।

हालसम्म वालिङका ३ जनाको कोभिडका कारण मृत्यु भएको छ । वालिङ नगरपालिकाले हालसम्म एक हजार ६२२ जनाको पिसिआर परीक्षण गरेको जनाएको छ।

प्रकाशित: Nov 20, 2020| 06:06 शुक्रबार, मंसिर ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।