शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना त्रासले पोखरा महानगरमा अत्यावश्यकबाहेक सेवा बन्द

कोरोना त्रासले पोखरा महानगरमा अत्यावश्यकबाहेक सेवा बन्द

पोखरा महानगरपालिकामा अत्यावश्यक बाहेक सेवाहरु कम्तीमा १ हप्ताका लागि बन्द गरिएका छन् । बिहीबार बसेको कार्यपालिका (बोर्ड बैठक)ले यस्तो निर्णय गरेको हो । 
 |  शुक्रबार, मंसिर ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ५, २०७७

पोखरा- पोखरा महानगरपालिकामा अत्यावश्यक बाहेक सेवाहरु कम्तीमा १ हप्ताका लागि बन्द गरिएका छन् । बिहीबार बसेको कार्यपालिका (बोर्ड बैठक)ले यस्तो निर्णय गरेको हो । 

महानगर पालिकाका अधिकांश शाखाका कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाले बोर्ड बैठकले अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जानकारी दिए । 

बरालका अनुसार शुक्रबार छठ पर्व परेकाले सार्वजनिक बिदा नै दिइएको छ । आइतबारबाट सीमित कर्मचारी कर्मचारीमात्र कार्यालयमा उपस्थित भएर अत्यावश्यक सेवा प्रवाह गर्नेछन् । 

अधिकांश शाखा र महाशाखाका कर्मचारी कोरोना संक्रमित वा संक्रमितको ट्रेसिङमा परेका कारण विदामा भएको जानकारी दिँदै बरालले सेवाग्राहीको सुरक्षालाई पनि ध्यान राखेर बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । महानगरका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बोर्ड बैठक बसेको हो । 

कोरोना संक्रमित भएका कारण उपप्रमुख मञ्जुदेवी गुरुङले बैठकमा सहभागी भएकी थिइनन् । 
 

प्रकाशित: Nov 20, 2020| 02:44 शुक्रबार, मंसिर ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।