शुक्रबार, भदौ २६, २०८३

छठ पर्वअन्तर्गत खरना विधि सम्पन्न

तराई मधेशमा मनाइने लोक आस्थाको पर्व छठको दोश्रो दिन बिहीबार खरना विधि सम्पन्न भएको छ।
 |  बिहीबार, मंसिर ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ४, २०७७

जनकपुरधाम– तराई मधेशमा मनाइने लोक आस्थाको पर्व छठको दोश्रो दिन बिहीबार खरना विधि सम्पन्न भएको छ।

पर्वको विधि अनुरुप व्रतालुहरूले दिनभरि निराहार उपवास बसी साँझ सक्खर दूध र चामल मिश्रित खीर, मुला, फलफूललगायत परिकार कुलदेवता र पुर्वजलाई नैवेद्य चढाई खरना मनाएका छन्। 

खरना विधिमा व्रतालुले माटोको नयाँ चुलो र माटोकै नयाँ भाँडोमा खीर बनाउने चलन छ। 

खीर, पानको पात, सुपारी, मुलालगायतका प्रसाद सामग्री केराको पातमा कुल देवता रहेको घरको कोठामा माटोले लिपपोत गरी नैवेद्य कुल देवता र पुर्वजलाई चढाउने गरिन्छ। 

छठका दिन भगवान सूर्यलाई जतिवटा अर्घदान गरिन्छ, खरनामा त्यतिकै संख्यामा नैवेद्य चढाउने गरिन्छ। 

खरना विधि सम्पन्न भए पश्चात व्रतालुहरूले दिनभरिको उपवास नैवेद्य चढाइएको सोही प्रसादले तोडेका छन्। 

यसअघि बुधवार नहाय खाय विधि सम्पन्न गरिएको थियो भने शुक्रबार षष्ठी तिथीका दिन अस्ताउँदो सूर्यलाई र सप्तमी तिथी शनिबारका दिन उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी पारण गर्दै छठ पर्व सम्पन्न हुनेछ।
 

प्रकाशित: Nov 19, 2020| 13:58 बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।