बुधबार, भदौ १७, २०८३

सुनको भाउ ७ सयले घट्यो, तोलामा ९४ हजार ४ सय

आज प्रतितोला छापावाल सुन ९४ हजार ४०० रुपैयाँ र तेजाबी सुन  ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
 |  बिहीबार, मंसिर ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ४, २०७७

काठमाडौं- लगातार ओरोलो लागेको सुनको भाउ आज (बिहीबार) तोलामा ७ सयले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन ९४ हजार ४०० रुपैयाँ र तेजाबी सुन  ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तिहारको बिदा पछि बुधबारबाट सुनको कारोबार खुलेको थियो। बुधबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँ घटेको थियो। 

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ। योसँगै आज प्रतितोला चाँदी १ हजार 
२१५ रुपैयाँ कायम भएको छ।

कोरोना भाइरस विरुद्धको केही खोपहरूमा आशा पलाएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्न थालेपछि नेपालमा पनि सुनको मुल्यमा गिरावट आएको महासंघले जनाएको छ । 

खोपको विकाससँगै लगानीकर्ताले सुरक्षित मानिने सुनमा लगानी घटाएर अन्य क्षेत्रमा लगानी बढाउन थालेसँगै सुनको भाउ घट्न थालेको हो।


 

प्रकाशित: Nov 19, 2020| 06:10 बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्