बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ‘सिड स्टार्स वर्ल्ड’ प्रतिस्पर्धामा नेपालबाट दियालो विजयी

‘सिड स्टार्स वर्ल्ड’ प्रतिस्पर्धामा नेपालबाट दियालो विजयी

 |  बिहीबार, मंसिर ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ४, २०७७

काठमाडौं- नेपालमा खानेपानी समितिहरूलाई डिजिटलाइज गर्न महत्त्वपूर्ण भूमिका खेलेको दियालो टेक्नोलोजिज प्रालि ‘सिड स्टार्स वर्ल्ड प्रतिस्पर्धा २०२०/२०२१’ का लागि नेपालबाट विजयी बनेको छ ।

नेपाललगायत विश्वका विभिन्न स्टार्टअप कम्पनीहरुको सहभागिता रहने यस प्रतिस्पर्धामा यो वर्ष नेपालबाट दियालो टेक्नोलोजिज् छानिएको हो । ‘सिड स्टार्स’ले भर्चुअल माध्यमबाट एसिया र अफ्रिकाका विजेता कम्पनीहरुको नाम घोषणा गरेको हो ।

यो अवार्ड प्राप्त गरेसँगै दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई अब अटोमेसनमा लैजान थप कामहरू गर्ने अवसर प्राप्त गर्ने जनाएको छ ।  

 

 

अवार्ड प्राप्त गरेसँगै दियालो टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले विगत आठ वर्षदेखि खानेपानी क्षेत्रका संस्थालाई डिजिटलाइज गर्दै आएको र अब यी क्षेत्रलाई पूर्ण अटोमेसनमा लैजाने गरी काम गर्ने बताए ।

प्रकाशित: Nov 19, 2020| 04:57 बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्