बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ८ अर्ब रुपैयाँको सेयर निष्कासन गर्दै नेपाल इन्फ्रास्ट्रक्चर बैंक

८ अर्ब रुपैयाँको सेयर निष्कासन गर्दै नेपाल इन्फ्रास्ट्रक्चर बैंक

 |  बिहीबार, मंसिर ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ४, २०७७

काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंकले जारी पुँजीको ४० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ।

बैंकको दोस्रो वार्षिक साधारणसभाले नियमनकारी निकायको स्वीकृतिपश्‍चात् निष्कासन हुने गरी जारी पुँजीको ४० प्रतिशत अर्थात् आठ अर्ब रुपैयाँको आठ करोड सेयर संख्या (कित्ता) सर्वसाधारणलाई निष्कासन गर्ने सम्बन्धी प्रस्तावसमेत पारित गरेको हो।

 

 

मुलुकभित्र तथा बाहिरबाट दीर्घकालीन स्रोत संकलन गरी देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्देश्य लिई स्थापना भएको बैंकले आर्थिक वर्ष ०७६/७७ मा जलविद्युत्, सिमेन्ट क्लिङ्कराइजेशन एवं सौर्य ऊर्जासमेत पाँचवटा परियोजनामा ६ अर्ब कर्जा स्वीकृत गरी ५० करोड कर्जा प्रवाह गरेको छ।

चालु आर्थिक वर्षमा तीनवटा परियोजनाहरुमा दुई अर्ब ८५ करोडको थप कर्जा स्वीकृत गर्दै हालसम्म आठ अर्ब ८५ करोडबरबरको कर्जा स्वीकृत गरेको जनाएको छ।

प्रकाशित: Nov 19, 2020| 04:53 बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्