मंगलबार, चैत १०, २०८२

एन्टिबायोटिक्सको उपयोगबाट शिशुमा अन्य रोगको खतरा बढ्न सक्छः अनुसन्धान

मायो क्लिनिक र रटगर्स विश्वविद्यालयले गरेको यो अनुसन्धान मायो क्लिनिक प्रोसिडिङ्स जर्नलमा प्रकाशित छ। 
 |  बुधबार, मंसिर ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ३, २०७७

काठमाडौं-  रटगर्स विश्वविद्यालयले गरेको नयाँ अनुसन्धानमा जुन शिशुलाई सुरुका दुई वर्षभित्र एन्टिबायोटिक्स दिइएको हुन्छ उनीहरुमा दम, श्वासप्रश्वास सम्बन्धी एलर्जी, सिलिएक एक्जिमा, मोटोपन र एकाग्रतामा कमी जस्ता रोगको खतरा बढी हुन्छ। एन्टिबायोटिक्सले शिशुको इम्युन सिस्टममा पनि खराब असर गर्छ। 

National life

मायो क्लिनिक र रटगर्स विश्वविद्यालयले गरेको यो अनुसन्धान मायो क्लिनिक प्रोसिडिङ्स जर्नलमा प्रकाशित छ। 

यो अनुसन्धानमा २००३ देखि २०११ का बीच जन्मेका १४ हजार ५७२ बालबालिकामा गरिएको थियो। जसमध्ये ७० प्रतिशतलाई जन्मेको दुई वर्षभित्र कम्तीमा एकपटक एन्टिबायोटिक दिइएको थियो। तीमध्ये अधिकांश बालबालिका श्वासप्रश्वास वा कान सम्बनधी संंक्रमणबाट ग्रस्त थिए। 

अनुसन्धानमा संंलग्न रटगर्सका सेन्टर फर एडवान्टेड बायोटेक्नोलोजी एन्ड मेडिसिनका निर्देशक मार्टिन ब्लेसरका अनुसार एन्टिबायोटिक्सको धेरै उपयोगले शरीरमा एन्टिबायोटिक रेसिस्टेन्स ब्याक्टेरियाको विकास हुन्छ। 

शिशु अवस्थमा विरामी हुँदा एन्टिबायोटिक्सको प्रयोग गरिएपछि बालबालिकाको रोगप्रतिरोधि प्रणाली र मानसिक विकासमा असर पर्छ।

Laxmi sunrise bank
kumari

यसअघिका अनुसन्धानहरुमा एन्टिबायोटिक्स र कुनै निश्चित रोगको सम्बन्धबारे अध्ययन गरिए पनि एन्टिबायोटिक्स र अन्य कैयन रोगका बीचको सम्बन्धबारे अनुसन्धान गरिएको यो पहिलो पटक हो। 

अनुसन्धानका अनुसार एन्टिबायोटिक्सले मेटाबोलिज्मसँग जोडिएका रोग (मोटोपन), इम्यूनसँग जोडिएका (दम, फूड एलर्जी, मानसिक विकार) को खतरालाई बढाउँछ। यद्यपि, फरक फरक एन्टिबायोटिक असर पनि फरक फरक हुन्छ।

सेफालोस्पोरिन नामक एन्टिबायोटिकले फूड एलर्जी र अटिज्म जस्ता रोगको खतरा बढाउने अनुसन्धानमा उल्लेख छ। 
अनुसन्धानकर्ताका अनुसार शिशुलाई जति सानो उमेरमा एन्टिबायोटिक्स औषधि दिइन्छ, खतरा उती नै बढी हुन्छ।

अनुसन्धान प्रतिवेदनले एन्टिबायोटिक्सको अनावश्यक र धेरै प्रयोगबाट बच्न सुझाव दिएको छ। 
 

प्रकाशित: Nov 18, 2020| 11:50 बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्