बिहीबार, भदौ ४, २०८३

२४ घण्टामा थपिए १ हजार २८२ संक्रमित, ७ को मृत्यु

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालाबाट प्राप्त नतिजा अनुसार पीसीआर परीक्षणबाट ९७५ जना र एन्टिजेन परीक्षणबाट ३०७ जनामा संक्रमण पुष्टि भएको हो।
 |  सोमबार, असोज ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ११, २०७८

काठमाडौं– सोमबार नेपालमा १ हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १५ हजार ४८८ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। 

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालाबाट प्राप्त नतिजा अनुसार पीसीआर परीक्षणबाट ९७५ जना र एन्टिजेन परीक्षणबाट ३०७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार २६२ जना कोरोना संक्रमणमुक्त भएका छन्। सोमबार कोरोनाबाट  थप ७ जनाको मृत्यु भएको छ। 

हालसम्म नेपालमा ७ लाख ६२ हजार ४१६ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार १०३ जना कोराना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित: Sep 27, 2021| 16:33 सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।