बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'राजनीतिसँगै राजकाज' पुस्तकको ६ लाख लेखकस्व विवेकशील साझालाई दिए मिश्रले

'राजनीतिसँगै राजकाज' पुस्तकको ६ लाख लेखकस्व विवेकशील साझालाई दिए मिश्रले

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफ्नो पुस्तक राजनीतिसँगै राजकाजबाट हालसम्म प्राप्त लेखकस्व कर कट्टी गरी ६ लाख ५ हजार ६ सय २५ रुपैयाँ विवेकशील साझा पार्टीलाई प्रदान गरेका छन्।
 |  सोमबार, असोज ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ११, २०७८

काठमाडौं– विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफ्नो पुस्तक राजनीतिसँगै राजकाजबाट हालसम्म प्राप्त लेखकस्व कर कट्टी गरी ६ लाख ५ हजार ६ सय २५ रुपैयाँ विवेकशील साझा पार्टीलाई प्रदान गरेका छन्। गत चैत अन्त्यमा प्रकाशित पुस्तकबाट प्राप्त सबै लेखकस्व उनले विवेकशील साझालाई दिने बताएका थिए।

लामो समयदेखि परोपकारी गतिविधिमा संलग्न मिश्रले यसअघि प्रकाशित आफ्ना तीन पुस्तकको लेखकस्व १२ लाख रुपैयाँ चितवनका विपन्न चेपाङहरूको सहयोगार्थ प्रदान गरेका थिए।

कोभिड–१९ ले पुस्तक बजारमा नराम्रो असर पारेको समयमा पनि मिश्रको पुस्तकको पहिलो संस्करण ७५०० प्रति सबै बिक्री भएको प्रकाशक फाइन प्रिन्टका नीरज भारीले बताए।

प्रकाशित: Sep 27, 2021| 16:28 सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।