बुधबार, भदौ १७, २०८३

सल्यानमा बढ्यो मकै र धान उत्पादन 

चालु आर्थिक वर्षमा सल्यानमा धान र मकैको उत्पादन बढेको छ। 
 |  शुक्रबार, कात्तिक २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २८, २०७७

सल्यान– चालु आर्थिक वर्षमा सल्यानमा धान र मकैको उत्पादन बढेको छ। 

कृषि विकास कार्यालय सल्यानका अनुसार गत वर्षको तुलनामा मकै १५.६६ र धान १.२५ प्रतिशतले बढेको हो। 

जिल्लाभर १९ हजार ४० हेक्टर क्षेत्रफलमा गरिएको मकै खेतीमा ६८ हजार ८४४ मेट्रिक टन उत्पादन भएको छ। 

गत वर्ष १९ हजार २५ हेक्टरमा गरिएकोमा ५९ हजार २६१ मेट्रिक टन मकै उत्पादन भएको थियो। 

त्यसैगरी चालु आर्थिक वर्षमा ७ हजार ७६ हेक्टरमा गरिएको खेतीबाट २९ हजार ७१९ मेट्रिक टन धान उत्पादन भएको छ। 

गत वर्ष ७ हजार ७२ हेक्टरमा २९ हजार ३९३ मेट्रिक टन धान उत्पादन भएको थियो। 

कोरोनाका कारण शहरका नागरिक गाउँ फर्कनु, समयमै पानी पर्नु र उन्नत जातका बिउलगायत कारणले उत्पादनमा वृद्धि भएको कार्यालयको भनाइ छ। 
 

प्रकाशित: Nov 13, 2020| 06:20 शुक्रबार, कात्तिक २८, २०७७
प्रतिक्रिया दिनुहोस्