सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • दिल्लीमा वायु प्रदूषण उच्च स्तरमा, मानिसको फोक्सोमा गम्भीर समस्या निम्त्याउन सक्ने

दिल्लीमा वायु प्रदूषण उच्च स्तरमा, मानिसको फोक्सोमा गम्भीर समस्या निम्त्याउन सक्ने

दिल्लीमा गत पाँच दिनदेखि वायु प्रदूषण उच्चतम स्तरमा पुगेको छ। 
 |  बिहीबार, कात्तिक २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २७, २०७७

काठमाडौं– भारतकाे नयाँ दिल्लीमा गत पाँच दिनदेखि वायु प्रदूषण उच्चतम स्तरमा पुगेको छ। 

National life

दिल्लीमा वायु यति धेरै प्रदुषित भएको छ कि निकै खतरनाक प्रदूषण (पीएम २.५) हावामा उच्चतम स्तरमा पुगेको विज्ञहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्।  

गत शुक्रबारदेखि सोमबारसम्म दिल्ली मात्रै होइन, उत्तर प्रदेशका कतिपय सहरमा वायु प्रदूषण आफ्नो उच्चतम सीमामा पुगेको रेकर्ड गरिएको छ। 

यस्तो हावामा सास फेर्नु यति खतरनाक हुन्छ कि पाको उमेरका मानिस, बालबालिका र बिरामीहरु तथा स्वासप्रस्वासमा समस्या भएकाहरुका लागि आपतकालीन स्वास्थ्य सेवाको आवश्यकता पर्न सक्ने विज्ञहरुले बताएका छन्। 

स्वस्थ मानिसलाई पनि लामो समय यस्तो हावामा सास फेर्दा निकै घातक सावित हुने स्वास्थ्य विज्ञहरुले बताएका छन्। 

तर दिल्लीलगायत उत्तर प्रदेशमा वायु प्रदूषण भएको यो पहिलोपटक होइन, पछिल्ला केही वर्षदेखि उत्तर प्रदेशका कैयौँ राज्यमा जाडोयाममा वायु प्रदूषणको समस्या हुँदै आएको छ।   

दिल्लीको गंगाराम अस्पतालका फोक्सो क्यान्सर रोगका विशेषज्ञ डा अरविन्द कुमारका अनुसार उत्तर भारतका ठूला सहरमा प्रदूषणको यो ट्रेन्ड यदि यसरी नै जारी रह्यो भने यस क्षेत्रमा फोक्सोको क्यान्सरका बिरामीहरु निकै बढ्न सक्ने छन्। 

गत वर्ष दिल्लीमा एक २८ वर्षीय युवती फोक्सोको क्यान्सरबाट पीडित भएकी थिइन्, जो बिँडी, या चुरोट खाँदैन थिइन्,' मिडियाले लेखेका छन्। 

प्रकाशित: Nov 12, 2020| 04:20 बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।