बिहीबार, भदौ ४, २०८३

नेपाल मेडिकल काउन्सिलको निर्वाचन आगामी मंसिरमा

नेपाल मेडिकल काउन्सिलको निर्वाचन आगामी मंसिरमा हुने भएको छ। काउन्सिल निर्वाचन समितिका अनुसार निर्वाचन दुई चरणमा हुनेछ।
 |  सोमबार, असोज ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ११, २०७८

काठमाडौं- नेपाल मेडिकल काउन्सिलको निर्वाचन आगामी मंसिरमा हुने भएको छ। काउन्सिल निर्वाचन समितिका अनुसार निर्वाचन दुई चरणमा हुनेछ। 

काठमाडौं उपत्यका र उपत्याकाबाहिर गरी दुई चरणमा मतदानम हुने जनाइएको छ। काउन्सिलले उपाध्यक्ष पदमा एक जना र सदस्य पदमा ८ जनाको निर्वाचन गर्न लागेको हो। 

निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार उपत्यकामा मंसिर १० र ११ गते हुनेछ भने उपत्यकाबाहिर मंसिर ३ र ४ गते हुनेछ। निर्वाचनका लागि असोज २२ गते मतदाता नामावली प्रकाशन हुनेछ। असोज २४ गते मतदाता नामावलीमा दाबी विरोध गर्ने समय तोकिएको छ। 

उपाध्यक्ष पदका लागि कम्तीमा १५ वर्ष र सदस्य पदका लागि कम्तिमा ५ वर्षको अनुभव भएका र काउन्सिलमा दर्ता भएका चिकित्सक हुनुपर्नेछ। यसरी निर्वाचित उपाध्यक्ष तथा सदस्यको कार्यकाल ४ वर्षको हुनेछ।

प्रकाशित: Sep 27, 2021| 13:19 सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।