मंगलबार, साउन १९, २०८३

त्रिवि उपप्राध्यापकको नतिजा सार्वजनिक (कोको पास भए?)

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापकको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
 |  बुधबार, कात्तिक २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २६, २०७७

काठमाडौं-  त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापकको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

आयोगले खुला प्रतियोगिताका माध्यमबाट २०७६ मा लिएको लिखित परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो। 

अन्तरवार्तामा छनोट भएका उम्मेदवारहरुलाई सुरु दरखास्तका साथ पेस गरेका कृतिहरुको पुनः भरिएको विवरण फाराम, कृतिहरुको डिजिटल कपी, कार्यानुभव फाराम र व्यक्तिगत विवरण (बायोडाटा) मंसिर ८ गतेदेखि १७ गतेभत्रि आयोगको वेबसाइटमा उपलब्ध हुने लिंकमार्फत पेस गर्न आयोगले आग्रह गरेको छ। 

साथै आयोगले कृतिका एक एक सक्कल प्रति र बायोडाटा मंसिर २४ गतेभित्र सेवा आयोगको कार्यालयमा पेस गर्न भनेको छ। अन्तरवार्ताको सूचना भने पछि प्रकाशित गरिने आयोगले जनाएको छ।

लिखित परीक्षा २०७६ कात्तिक २८ गतेदेखि पुस ६ गतेसम्म भएको थियो। 

नतिजा विवरण यस प्रकार छ : 

प्रकाशित: Nov 11, 2020| 05:40 बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्