शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  •  बाइडेनले भने- ट्रम्पले हार स्वीकार नगर्दैमा शक्तिको हस्तान्तरण रोकिदैन 

 बाइडेनले भने- ट्रम्पले हार स्वीकार नगर्दैमा शक्तिको हस्तान्तरण रोकिदैन 

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पले हार स्वीकार नगर्दैमा शक्तिको हस्तान्तरण नरोकिने बताएका छन् ।
 |  बुधबार, कात्तिक २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २६, २०७७

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पले हार स्वीकार नगर्दैमा शक्तिको हस्तान्तरण नरोकिने बताएका छन् ।

National life

मंगलबार गृहराज्य डेलवरको विलमिङ्गटनमा भएको पत्रकार सम्मेलनमा बाइडेनले कुनै एक ब्यक्तिले नचाहदैमा शक्ति हस्तान्तरण नरोकिने बताएका हुन् । उनले ट्रम्पले चुनावी परिणाम स्विकार गर्न नमान्नु वा हार स्वीकार नगर्नु ‘लाज’ को कुरा भएको टिप्पणी गरेका छन् । 

ट्रम्पले भने आफूले चुनाव जित्ने दाबी गर्दै आएका छन् । उनले निर्वाचनमा धाधली भएको पनि आरोप लगाउँदै आएका छन् । 

सत्ता सम्हाल्ने तयारीमा रहेका बाइडेनले विश्वका विभिन्न देशका नेताहरुसँग टेलिफोन संवाद गरिरहेका छन् । 

उनले बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनी तथा जर्मन चान्सलर एंगेला मार्केलसहितका नेताहरुसँग कुराकानी गरेका छन् ।

Laxmi sunrise bank
kumari

बाइडेनले ती संवादबारे भने, ‘मैले उनीहरुलाई अमेरिका पुनः फर्किएको जानकारी गराएको छु । हामी विश्व मञ्चमा फर्किँदै छौँ ।’

बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित भएकी कमला ह्यारिसले अन्तरिमककालको काम थाल्ने प्रयास गरेका छन् । तर ट्रम्प प्रशासनले अन्तरिमकाललाई अहिलेसम्म सहज बनाएको छैन । 

बाइडेनले जनवरी २० मा राष्ट्रपतिको शपथ लिने तयारी गरेका छन् । 

प्रकाशित: Nov 11, 2020| 02:15 बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।