सोमबार, जेठ ४, २०८३

हुम्लाको खार्पुनाथमा ११ महिनापछि विद्यालय सञ्चालन

हुम्लाको खार्पुनाथ गाउँपालिकाले मंगलबारदेखि शैक्षिक संस्था सञ्चालनमा ल्याएको छ। 
 |  बुधबार, कात्तिक २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २६, २०७७

हुम्ला– हुम्लाको खार्पुनाथ गाउँपालिकाले मंगलबारदेखि शैक्षिक संस्था सञ्चालनमा ल्याएको छ। 

National life

वडा नं १ देखि ५ सम्म रहेको खार्पुनाथ गाउँपालिकाले पालिकाभरका विद्यालय सञ्चालनमा ल्याएको हो। कोरोना कहरले आठ महिना र हिउँदे बिदा तीन महिना गरेर ११ महिनादेखि बन्द रहेका विद्यालय मंगलबारदेखि सञ्चालनमा आएका हुन्। 

उच्च हिमाली क्षेत्र भएकाले मङ्सिरमा वार्षिक परीक्षा सम्पन्न भएर फागुनमा नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले ११ महिनादेखि बन्द रहेका विद्यालय स्वास्थ्यसम्बन्धी सुरक्षा सावधानी अपनाएर सञ्चालनमा ल्याइएको गाउँपालिकाले जानकारी दिएको छ।

जिल्लाका अन्य ६ वटा गाउँपालिकामा रहेका विद्यालयहरु कात्तिक दोस्रो सातादेखि सञ्चालनमा आएपछि खार्पुनाथ र शिक्षा विकास समितिले विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेपपछि पठनपाठन सुरु गरिएको हो। ११ महिनादेखि विद्यालय खुलेपछि नपढेर नै वार्षिक परीक्षा हुने कुराले विद्यार्थी चिन्तित भएका छन्। 

जिल्लाभरका विद्यालयहरु एक महिना पढाइ गरेर मङ्सिरमा वार्षिक परीक्षा सम्पन्न गर्दै शैक्षिक सत्र बन्द गर्ने तयारीमा छन्।  

प्रकाशित: Nov 11, 2020| 02:12 बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्