मंगलबार, चैत १०, २०८२

फाइजर र बायोनटेकले बनाए भ्याक्सिन, ९० प्रतिशत प्रभावकारी 

फाइजरले अब नयाँ भ्याक्सिनलाई आम उपभोगका लागि अमेरिकी नियमाक नियकामा निवेदन दिने पनि जनाएको छ।
 |  मंगलबार, कात्तिक २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २५, २०७७

एजेन्सी-  जर्मन कम्पनी बायोनटेक र अमेरिकी कम्पनी फाइजर मिलेर बनाएको भ्याक्सिन ९० प्रतिशतभन्दा बढी प्रभावकारी भएको प्रमाणित भएको छ। यो दाबी तेस्रो चरणको परीक्षणपछि गरिएको हो। 

National life

फाइजरले अब नयाँ भ्याक्सिनलाई आम उपभोगका लागि अमेरिकी नियमाक नियकामा निवेदन दिने पनि जनाएको छ। 
फाइजर र बायोनटेकले यो भ्याक्सिनको क्लिनिकल परीक्षणका बारे ठूलो मात्रामा तथ्यांक जारी गरेका छन्। फाइजरले यो भ्याक्सिनले कोभिड– १९ को संक्रमण रोक्नका लागि ९० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको जनाएको छ। 

फाइजरको यो दाबीलाई कोरोना संक्रमणविरुद्धको लडाईमा जितको रुपमा हेरिएको छ। किनभने यो महामारीका कारण दश लाख मानिसको मृत्यु भइसकेको छ, विश्वभरकै अर्थव्यवस्था संकटमा छ र आम मानिसको जनजीवन नराम्रोसँग प्रभावित भएको छ। 

दुबै कम्पनीले ठूलो मात्रामा गरिएको परीक्षणमा कुनै पनि मानव स्वास्थ्यमा भ्याक्सिनले कुनै गम्भीर नोक्सान नपु¥याएको बताएका छन्। उनीहरुले भ्याक्सिनको आपतकालीन उपयोगका लागि यसै महिना अमेरिकी निकायसँग स्वीकृति लिने भएका छन्। 

यो भ्याक्सिनको अमेरिका र अन्य देशका करिब ४४ हजार व्यक्तिमा परीक्षण गरिएको छ। 

Laxmi sunrise bank
kumari

स्वास्थ्य विशेषज्ञहरुले यो भ्याक्सिन सफल हुँदा अहिले विकसित भइरहेका अन्य कोभिड– १९ का भ्याक्सिनका लागि पनि सकारात्मक सन्देश भएको बताएका छन्। किनभने यसले भ्याक्सिनबाट यो रोगलाई रोक्न सकिन्छ भन्ने सावित हुन पुगेको छ।

फाइजरका अध्यक्ष एवम् सीईओ डा अल्बर्ट बाउरलाले भनेका छन्, ‘आजको दिन मानवता र विज्ञानका लागि निकै महत्वपूर्ण छ। हामीले बनाएको कोभिड– १९ भ्याक्सिनले कोभिड– १९ को भाइरस रोक्ने क्षमता देखाएको छ।’

फाइजरको यो भ्याक्सिन औपचारिक रुपमा दिन थालियो भने सुरुमा सीमित व्यक्तिले मात्रै यो पाउने छन् र यसले कति समयसम्मका लागि कोभिड– १९ बाट बचाउँछ जस्ता प्रश्नहरु पनि बाँकी नै रहनेछन्।

बायोनटेका मुख्य कार्यकारी अधिकृत उगुर साहिनले समाचार एजेन्सी रोेयटर्ससलाई भ्याक्सिनको प्रभाव कम्तिमा एक वर्षसम्म रहनेमा आफू आशावादी भएको बताएका छन्। 

अमेरिकाका नवनिर्वाचत राष्ट्रपति जो बाइडेनले फाइजरको सफलताका लागि बधाई दिएका छन्। 

लगातार माइनस ८० डिग्री सेल्सियस तापक्रममा राखिनु पर्ने यो भ्याक्सिन पूर्वाधार नभएका गरीब मुलुकहरुमा भने ल्याउनै समस्या छ। 

ल्याबबाट आम मानिससम्म कसरी पुग्ला कोरोना भ्याक्सिन?

प्रकाशित: Nov 10, 2020| 10:03 मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्