काठमाडौं- भारतको नेपाली सीमावर्ती राज्य बिहारमा भएको विधान सभाको निर्वाचनको मतगणना सुरु भएको छ ।
कोरोना महामारीका बीच तीन चरणमा भएको मतदानको नतिजा आज रातिसम्म आउने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बिधानसभा चुनावमा नितीश कुमार नेतृत्वलाई चुनौती दिन विपक्षी महागठबन्धन पार्टी चुनावी मैदानमा रहेकोमा यी दुइ पार्टीबीच कडा टक्कर हुने बिश्लेषण गरिएको छ ।
बिहारमा निर्वाचनपछि गरिएका सर्भेक्षणहरुले पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजश्वी नेतृत्वको गठबन्धनले बहुमत ल्याउने प्रक्षेपण गरेका छन् ।
यदि प्रक्षेपण मेल खाएका बिहारमा १५ वर्षदेखि सत्ताको बागडोर सम्हाल्दै आएका वर्तमान मुख्यमन्त्री नितिश कुमार र प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी गठबन्धनले ठूलो धक्का ब्यहोर्नुपर्ने छ ।
बिहार बिधानसभामा कुल २ सय ४३ सीट रहेकोमा सरकार गठनका लागि १ सय २२ सीट ल्याउनु पर्ने प्रावधन छ ।
२०१५ को विधानसभा चुनावमा ९४ सिटमध्ये ३३ आरजेडी, ३० जेडीयू, २० बीजेपी, सात कंग्रेस, दुई एलजेपी तथा दुई सिटमा अन्य पार्टी विजयी भएका थिए ।