सोमबार, जेठ ४, २०८३

काठमाडौं विश्वविद्यालयले कोरोना महामारीमा पनि शुल्क लिएको भन्दै नेवि संघको आपत्ति

कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौं विश्वविद्यालयले कोरोना महामारीमा पनि विद्यार्थीसँग शुल्क लिएको भन्दै आपत्ति जनाएको छ। 
 |  मंगलबार, कात्तिक २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २५, २०७७

काठमाडौं– कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौं विश्वविद्यालयले कोरोना महामारीमा पनि विद्यार्थीसँग शुल्क लिएको भन्दै आपत्ति जनाएको छ। 

National life

नेविसंघका अध्यक्ष राजिव ढुंगानाले सोमबार साँझ एक विज्ञप्ति जारी गरी काठमाडौं विश्वविद्यालयले सूचना प्रकाशित गरी शुल्क तिर्न आग्रह गरेको भन्दै आपत्ति जनाएका छन्।  

‘विश्वविद्यालयमा नियमितरूपमा पठनपाठन नभएको अवस्थामा पनि विभिन्न वहानामा शुल्क मात्र उठाउने काम तत्काल बन्द होस्,’ उनले विज्ञप्तिमा भनेका छन्।  

नेविसंघले शुल्क उठाउने निर्णय फिर्ता लिन माग गर्दै रिले अनशन बसेका काठमाडौं विश्वविद्यालयका विद्यार्थीको समर्थनसमेत गरेको छ। कोभिड–१९ को प्रतिकूल अवस्थामा ढिलो गरेर रकम बुझाउने विद्यार्थीलाई विश्वविद्यालयले उल्टै चार्ज लगाउनु आपत्तिजनक भएको नेविसंघको भनाइ छ।

-रासस 

प्रकाशित: Nov 10, 2020| 03:22 मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्