सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • राष्ट्रपतिमा पराजित ट्रम्पले बर्खास्त गरे रक्षामन्त्री एस्परलाई

राष्ट्रपतिमा पराजित ट्रम्पले बर्खास्त गरे रक्षामन्त्री एस्परलाई

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रक्षा मन्त्री मार्क एस्परलाई पदबाट बर्खास्त गरेका छन् ।
 |  मंगलबार, कात्तिक २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २५, २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रक्षा मन्त्री मार्क एस्परलाई पदबाट बर्खास्त गरेका छन् ।

National life

राष्ट्रपतिमा पराजित भएका ट्रम्पले ट्वीट गरेर मार्क एस्परलाई बर्खास्त गरेको जानकारी दिएका हुन् । पछिल्ला हप्ताहरुमा ट्रम्प र एस्परबिच सार्वजनिक रुपमै विवाद देखिएको थियो ।

रंगभेद विरोधी प्रदर्शनमा सुरक्षाकर्मीको तैनाथी र प्रयोगलाई लिएर ट्रम्प र एस्परबिच विवाद भएको थियो । ट्रम्पले प्रदर्शन दबाउन सैनिक प्रयोग गर्ने चेतावनी दिँदै आएका थिए । एस्पर त्यसको विपक्षमा थिए ।

 उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) प्रति राष्ट्रपतिको व्यवहारका विषयमा पनि एस्पर र ट्रम्पबीच फरक मत थियो । सोमवार गरिएको घोषणामा के कारण एस्परलाई निष्कासित गरिएको हो भन्ने कुरा भने खुलाइएको छैन ।

नेशनल काउन्टरटेरोरिजम सेन्टरका हालका प्रमुख क्रिस्टोफर मिलरले एस्परको ठाउँ लिएका छन् । ट्रम्पले एस्पर बर्खास्त भएको घोषणा गरे लगत्तै मिलर रक्षा मन्त्रालयको हेडक्वाटर पेन्टागन प्रवेश गरेको देखिएको बीबीसीले लेखेको छ । 
 

प्रकाशित: Nov 10, 2020| 02:04 मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।