शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोनाविरुद्धको पहिलो खोप : ९० प्रतिशत संक्रमण ठिक हुने दाबी

कोरोनाविरुद्धको पहिलो खोप : ९० प्रतिशत संक्रमण ठिक हुने दाबी

कोरोना भाइरसविरुद्ध तयार गरिएको पहिलो खोपले ९० प्रतिशत मानिसमा संक्रमण रोक्न सक्ने दाबी गरिएको छ।
 |  सोमबार, कात्तिक २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २४, २०७७

एजेन्सी- कोरोना भाइरसविरुद्ध तयार गरिएको पहिलो खोपले ९० प्रतिशत मानिसमा संक्रमण रोक्न सक्ने दाबी गरिएको छ।

National life

संसारकै ठूलो औषधि कम्पनी फाइजर र बायोन्टेकले निर्माण गरेको यो औषधिले ९० प्रतिशत संक्रमण रोक्न सक्ने दाबी गरिएको हो। 

खोप निर्माणकर्ता ‘फाइजर र बायोएनटेक’ ले यो विज्ञान र मानवताकै ऐतिहासिक दिन भएको घोषणा गरेका छन्।

कम्पनीले यो महिनाको अन्तिमसम्ममा खोप प्रयोगको अनुमति प्राप्त गर्न आवेदन दिने तयारी गरेका छन्।

यो खोप अहिलेसम्म ६ देशका ४३ हजार ५०० व्यक्तिमा परीक्षण गरिसकिएको छ। साथै सुरक्षाका विषयमा कुनै चिन्ता प्रकट भएको छैन।

Laxmi sunrise bank
kumari

संसारभर थुप्रै खोपहरु अहिले अन्तिम चरणमा पुगेको भनिएको छ। जसलाई तेस्रो चरणको क्लिनिकल ट्रायल भनिएको छ।

तर यो खोपले भने यसले अन्य खोप भन्दा भिन्दै किसिमको अनुसन्धानात्मक विधि अपनाएको छ जसमा भाइरसको ‘जेनेटिक कोड’ को केही हिस्सा व्यक्तिलाई सुइ लगाएपछि त्यसै मार्फत् शरीरको प्रतिरोधात्मक प्रणालीले यससँग लड्ने अभ्यास गरिरहनेछ।

तीन हप्ताको अन्तरमा यसका दुई डोज आवश्यक पर्ने बताइएको छ।

अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएका मानव परीक्षणहरुमा यसले दोस्रो डोजको सात दिनपछिसम्म पनि ९० प्रतिशतलाई सुरक्षित राख्न सफल भएको देखिएको हो।

फाइजरले यो वर्षको अन्तिमसम्ममा कोरोनाविरुद्धको खोप ५ करोड व्यक्तिलाई उपलब्ध गराउन सक्ने बताएको छ। साथै सन् २०२१ को अन्तिमसम्म १.३ अर्ब डोज तयार हुन सक्ने बताइएको छ।

तर यो खोपलाई लिएर केही समस्याहरु हुन सक्ने ठानिएको छ। यो खोप लगाएपछि शरिरमा प्रतिरोधात्मक क्षमता कति समयसम्म रहन्छ भन्ने विषयमा आशंकाहरु छन्। कम्पनीले फरफरक उमेरअनुसार यसको प्रतिरोधात्मक क्षमता रहने दाबी गरेको छ।

फाइजरका अध्यक्ष डा. एल्बर्ट बोर्लाले भनेका छन्, ‘हामी संसारभरका व्यक्तिहरुलाई यो विश्वव्यापी संकटबाट बाहिर निकाल्ने दिशातर्फ निकै अगाडि बढिसकेका छौँ।’

बीबीसी

प्रकाशित: Nov 09, 2020| 14:30 सोमबार, कात्तिक २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।