बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुर्घटनाबाट जोगियो बुद्ध एयरको विमान, इन्धन सकिएपछि फोर्स ल्यान्डिङ

दुर्घटनाबाट जोगियो बुद्ध एयरको विमान, इन्धन सकिएपछि फोर्स ल्यान्डिङ

सोमबार बिहान विराटनगरका लागि उडेको बुद्ध एयरको विमान दुर्घटना हुनबाट जोगिएको छ।
 |  सोमबार, असोज ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ११, २०७८

काठमाडौं- सोमबार बिहान विराटनगरका लागि उडेको बुद्ध एयरको विमान दुर्घटना हुनबाट जोगिएको छ।

विराटनगर विमानस्थलमा अवतरण गर्ने क्रममा समस्या देखिएपछि काठमाडौं फर्काएर विमान सुरक्षित अवतरण गरिएको त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए। 

सोमबार बिहानै विराटनगरका लागि उडेको विमानमा चालक दलका सदस्यसहित ७३ जना यात्रु थिए। 

विराटनगर विमानस्थलमा अवतरण गर्ने क्रममा दायाँतर्फको पाङ्ग्रा नखुलेको बताइएको छ। विराटनगर भन्दा सुरक्षित काठमाडौं नै भएपछि फर्काएर विमानको इन्धन सकेर मात्रै अवतरण गरिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ। 

समस्या पहिचान भएपछि विमानको फोर्स ल्यान्डिङ गराइएको र चालक दलका सदस्य तथा यात्रु सकुशल रहेको बुद्ध एयरले जनाएको छ। 

प्रकाशित: Sep 27, 2021| 11:24 सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।