आइतबार, भदौ २८, २०८३

एक घण्टाको फरकमा मोरङमा कोरोनाबाट २ जनाको मृत्यु 

उदयपुरका ६५ वर्षीया महिला र झापा ४२ वर्षीय पुरुषको सोमबार बिहान एक घण्टाको फरकमा मृत्यु भएको हो । 
 |  सोमबार, कात्तिक २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २४, २०७७

मोरङ- कोरोना भाइरसको संक्रमणबाट मोरङमा एक घण्टाको फरकमा २ जनाको मृत्यु भएको छ । 

उदयपुरका ६५ वर्षीया महिला र झापा ४२ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो । 

उदयपुरको त्रियुगा नगरपालिका–११ की ६५ वर्षीया वृद्धा महिलाको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो । 

शनिबार अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा सोमबार बिहान ६ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । 

यस्तै झापाको दमक नगरपालिका–१ का ४२ वर्षीय पुरुषको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा मृत्यु भएको हो । 

कात्तिक ९ गते अस्पताल भर्ना भएका उनको सोमबार बिहान ७ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । 

प्रकाशित: Nov 09, 2020| 03:55 सोमबार, कात्तिक २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।