आइतबार, भदौ २८, २०८३

आज देशभर घाम लाग्ने, भोलि वर्षाको सम्भावना

आज देशभर घाम लागेपनि भोलि भने मौसम बद्लिने र केहि स्थानमा वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 |  सोमबार, कात्तिक २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २४, २०७७

काठमाडौँ- काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा आज सामान्यतया मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा घाम लाग्नेछ भने अपरान्ह पछि पहाडी भू–भागमा आंशिक बदली हुनेछ । तर, भोलि भने मौसममा केहि बदलाव आउने महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् ।

उनका अनुसार भोलि पश्चिमी वायूका कारण देशको पश्चिमी भू–भागमा हल्का वर्षाको सम्भावना छ। काठमाडौं उपत्यकाको मौसम पनि धुम्म हुनेछ । 

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको उनले जानकारी दिइन् । 

यो वर्ष कात्तिक महिनामै चिसो ह्वात्तै बढेको छ । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री छ ।  जुम्लाको माइनस १ डिग्री छ । 

भोलि (मंगलबार)को बद्लावसँगै मौसम थप चिसिन सक्ने महाशाखाको अनुमान छ। 

प्रकाशित: Nov 09, 2020| 03:11 सोमबार, कात्तिक २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।