बिहीबार, भदौ ४, २०८३

दसैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला

दसैंमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ। काठमाडौंमा रहेर दसैं मनाउन घर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो।
 |  सोमबार, असोज ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ११, २०७८

काठमाडौं- दसैंमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ। काठमाडौंमा रहेर दसैं मनाउन घर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो। 

एकै पटक काठमाडौं छोड्नेको भीड बढ्ने भएकोले विगत वर्षदेखि दसैं अगाडि नै टिकटको अग्रिम बुकिङ खुला गरिन्छ। आज पहिलो दिन भने टिकट काउन्टरमा खासै भीड देखिएको थिएन। 

कोरोना संक्रमण दर घटे पनि जोखिम कायमै रहेले यस वर्ष काठमाडौं छोड्नेको संख्या कम हुने आकलन गरिएको छ । अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको धनगढी, टिकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको सानो लाइन थियो। 

गत वर्ष कोरोना संक्रमणका कारण अग्रिम टिकट बुकिङ खुला नगरिएको भए पनि यस वर्ष भने समयमा नै अग्रिम टिकट बुकिङ खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए। महासचिव सिटौलाले यात्रुको चापलाई हेरेर यातायात व्यवसायीले बस थप्दै जाने बताएका छन्। 

नयाँ बसपार्कबाहेक चाबहिल, गौशाला, कोटेश्वर, सुन्धारा र कलङ्कीबाट समेत अग्रिम टिकट बुकिङ सुरु गरिएको छ। साथै आगामी असोज २० गतेबाट देशका सबै क्षेत्रको यातायातको लागि रोडपरमिट खुला गरिने उनले बताए।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। उक्त सहायता कक्षमा राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म  सहजै जानका लागि आवश्यक समन्वय गर्ने बताइएको छ।

प्रकाशित: Sep 27, 2021| 10:30 सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।