आइतबार, असार २८, २०८३

लाजियोसँग बराबरीमा रोकियो युभेन्टस

 सुरुवाती अग्रता गुमाएपछि इटालियन क्लब युभेन्टस सिरी एको आइतबार राति सम्पन्न खेलमा बराबरीमा रोकिएको छ।
 |  सोमबार, कात्तिक २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २४, २०७७

काठमाडौं- सुरुवाती अग्रता गुमाएपछि इटालियन क्लब युभेन्टस सिरी एको आइतबार राति सम्पन्न खेलमा बराबरीमा रोकिएको छ।

लाजियोको मैदानमा सम्पन्न खेलमा घरेलु टिमसँग युभेन्टस १–१ गोलको बराबरीमा रोकिएको हो।

खेलको १५ औं मिनेटमा गोल गर्दै फरवार्ड क्रिस्टियानो रोनाल्डोले सुरुवाती अग्रता बनाएका थिए। यससँगै पहिलो हाफमा युभेन्टस एक गोलले अघि रह्यो।

तर, खेलको इन्ज्युरी समयमा लाजियोका फिलिप क्यासेडोले गोल फर्काएपछि खेल बराबरीतर्फ गएको हो।

बराबरीसँगै १३ अंकमा सीमित युभेन्टस अंकतालिकाको पाँचौ स्थानमा छ भने लाजियो नवौं स्थानमा छ।

यता आइतबार राति नै सम्पन्न अर्को खेलमा वेरोनासँग बराबरी खेलेको एसी मिलान शीर्षस्थानमा छ। उससको १७ अंक छ।

त्यस्तै बोलोग्नाविरुघ संघर्षपूर्ण जित निकालेको नापोली १४ अंकसहित तेस्रो स्थानमा छ भने रोमा समान १४ अंकका साथ चौथो स्थानमा छ।

दोस्रो स्थानमा सौसेलोको १५ अंक छ।
 

प्रकाशित: Nov 09, 2020| 02:08 सोमबार, कात्तिक २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।