आइतबार, भदौ २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवा-पौडेल टकराव : फेरि स्थगित भयो कांग्रेस केन्द्रीय समिति बैठक

देउवा-पौडेल टकराव : फेरि स्थगित भयो कांग्रेस केन्द्रीय समिति बैठक

पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच कुनै सहमति हुन नसकेपछि आजका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । 
 |  सोमबार, कात्तिक २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २४, २०७७

काठमाडौं–  शीर्ष नेताहरुबीच सहमति हुन नसकेपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फेरि स्थगित भएको छ।

पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच आइतबार कुनै सहमति हुन नसकेपछि आज (सोमबार)का लागि बोलाइएको बैठक स्थगित गरिएको हो । 

आइतबार देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेपनि कुनै सहमति जुट्न सकेन । बैठक आगामी २७ गतेसम्मका लागि स्थगित गरिएको हो।

सहमतिका लागि पछिल्लो केहि दिन यता लगातार छलफल भइरहे पनि निश्कर्ष निस्कन सकेको छैन। पौडेल पक्ष पछिल्लो पटक गठन गरिएका सबै विभाग खारेज गर्न माग गरिराखेको छ भने देउवा विभाग खारेज नगर्ने अडानमा छन् । 

पौडेल पक्षले आफूहरूले राखेका मागको सुनुवाइ नभए केन्द्रीय समिति बैठक चल्न नदिने भनेपछि पटक पटक केन्द्रीय समितिको बैठक स्थगित हुँदै आएको छ । 

प्रकाशित: Nov 09, 2020| 01:50 सोमबार, कात्तिक २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।