मंगलबार, चैत ३, २०८२

नाटकीय हारसँगै रियल ला लिगाको चौथो स्थानमा

काठमाडौं– ला लिगा अन्तर्गत भ्यालेन्सियाको मेस्ताला रंगशालामा सम्पन्न खेलमा रियल मड्रिडले घरेलु टिमसँग लज्जास्पद हार बेहोरेको छ।
 |  सोमबार, कात्तिक २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २४, २०७७

काठमाडौं– ला लिगा अन्तर्गत भ्यालेन्सियाको मेस्ताला रंगशालामा सम्पन्न खेलमा रियल मड्रिडले घरेलु टिमसँग लज्जास्पद हार बेहोरेको छ।

National life

पाहुना टिमले सुरुवाती अग्रता जोगाउन नसक्दा ४–१ गोलको हार बेहोरेको हो।

रियलका लागि करिम बेञ्जेमाले खेलको २३ औं मिनेटमै गोल गरेर अग्रता बनाएका थिए। तर उसले सो अग्रता कायम राख्ने सकेन।

यता घरेलु टिम भ्यालेन्सियाका कार्लोस सालेरले पेनाल्टीमार्फत ह्याट्रिक गरेका छन् भने रियलका राफेल वाराणेले आफ्नै पोस्टमा गोल गर्दै भ्यालेन्सियालाई गोल उपहार दिए।

खेलको ३३ औं मिनेटमा रियलका भाज्क्वेजले फल गरेपछि भ्यालेन्सियाले पहिलो पेनाल्टीको अवसर पाएको थियो। त्यस्तै ४३ औं मिनेटमा भ्यालेन्सियाका म्याक्सी जोमेजलाई मार्सेल्लोले लडाएपछि घरेलु टिमले दोस्रो पेनाल्टी पायो।

Laxmi sunrise bank
kumari

खेलको ६३ औं मिनेटमा भ्यालेन्सियाले तेस्रो पेनाल्टी पाउँदासम्म सबै गोल सोलरले नै गरे। उनले तीनै पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै ह्याट्कि गरेका हुन्।

यससँगै ४–१ गोलको जित निकालेको भ्यालेन्सिया ११ अंकका साथ नवौं स्थानमा छ भने १६ अंक बनाएको रियल मड्रिड चौथो स्थानमा छ।
 

प्रकाशित: Nov 09, 2020| 01:23 सोमबार, कात्तिक २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।