बिहीबार, भदौ २५, २०८३

ईपीएलमा सिटी र लिभरपुल बराबरीमा रोकिए

 इंग्लिस प्रिमियर लिग(ईपीएल)मा आइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटी र साविक विजेता लिभरपुल बराबरीमा रोकिएका छन्।
 |  सोमबार, कात्तिक २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २४, २०७७

काठमाडौं- इंग्लिस प्रिमियर लिग(ईपीएल)मा आइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटी र साविक विजेता लिभरपुल बराबरीमा रोकिएका छन्।

सिटीका इतिहाद रंगशालामा सम्पन्न खेलमा दुवै टिमले १–१ गोलको बारबरी खेल्दै अंक बाँडेका हुन्।

खेलको १३ औं मिनेटमा लिभरपुलका मोहम्मद सलाहले गोल गर्दै पाहुना टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। तर उनलेको अग्रतालाई ३१ औं मिनेटमा सिटीले बराबरीमा बदल्यो।

चोटमुक्त भई भर्खरमात्र मैदान फर्किएका ग्याब्रियल जेससले गोल गर्दै खेललाई बराबरी बनाएका थिए। 

बराबरीसँगै १७ अंक बनाएको लिभरपुल अंकतालिकाको तेस्रो स्थानमा छ। त्यस्तै, १२ अंक बनाएर सिटी १० औं स्थानमा छ।

शनिबार राति नै सम्पन्न अर्को खेलमा वुल्भ्सविरुद्ध जित निकाल्दै लेस्टर सिटी ईपीएलको शीर्षस्थानमा उक्लिएको छ। उसले उल्भ्सलाई १–० गोलअन्तरले हराएको हो।

वेस्ट ब्रोमविरुद्ध १–० गोलअन्तरकै जित निकालेको टोटेनहम भने १७ अंकका साथ अंकतालिकाको दोस्रो स्थानमा छ।
 

प्रकाशित: Nov 09, 2020| 01:02 सोमबार, कात्तिक २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।