आइतबार, असार २८, २०८३

डेबिड वार्नरको जुँगा लुक्स

उनका यस्ता अन्य धेरै शोख पनि छन्। तर दारीजुँगाकै बारेमा कुरा गर्दा उनीबाहेकका खेलाडीको पनि चर्चा गर्नुपर्ने हुन्छ।
 |  सोमबार, कात्तिक २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २४, २०७७

काठमाडौं– दारी राख्ने परम्परा नौलो होइन युवामाझ। त्यसमाथि पनि मोडलिङको क्षेत्रमा यसको व्यापार र प्रयोग व्यापक छ।

दारी र जुँगाको नयाँ नयाँ डिजाइन युवाहरुले अभ्यासमा ल्याउन थालेका छन्। यस्तो अभ्यास मोडलिङका क्षेत्रमा धेरै भए पनि धेरथोर प्रभाव सबै क्षेत्रमा छ।

यस्तैमा खेल पनि एक विधा हो। पछिल्लो समय लियोनल मेस्सीले दारी काटे पनि नयाँ सिजन सुरु भएपछि उनी पुनः हल्का रातो दारीमा देखिए। त्यस्तै धेरै मानिस क्रिकेट खेलाडी विराट कोहलीको दारीको फ्यान छन्।

यसैबीच अष्ट्रेलियन खेलाडी डेबिड वार्नर जारी सिजनको इन्डियन प्रिमियर लिग(आईपीएल)मा फरक लुक्समा देखिए। उनी सायदै यस्तो लुक्समा यसपहिले कहिल्यै देखिएका थिएनन्।

उनले अहिले जुँगामात्र राखेका छन्। यसकारण उनलाई कति समर्थकले बूढो भएको देख्न थालेका छन्।

हुनतः विश्वमा जुँगालाई पुरुषत्वको प्रतीक पनि मानिने गरेको छ। यसमा कहिँकतै इतिहासका पाटा जोडिएका छन्। उनी हैदराबादका कप्तान हुन् र दक्षिण भारतमा पुरुषले जुँगा राख्ने चलन धेरै देखिन्छ।

तर वार्नरको दारी–जुँगा सबै कुराभन्दा फरक किसिमको छ। उनी कहिले क्लिन सेभमा देखिन्छन्, कहिले हल्का दारीमा।

एक वर्ष पहिलेको सिजनमा उनी हल्का दारीमा देखिएका थिए भने २०१८ को सिजनमा क्लिन सेभमा थिए। कुनै कुनै खेलमा भने छोटो दारीमा पनि देखिए।

उनको लुक्स लाई यसो भन्न पनि सुहाउला– उनको दारी–जुँगा कहिले देखिन्छ, कहिले हराउँछ र फेरि देखिन थाल्छ। यसपछिको रहस्य के होला ?

वार्नर भन्छन्, ‘मेरा दुई छोरीले यसलाई मन पराउँदैनन्। र, जब उनीहरु मैले दारी र जुँगा काटोस् भन्ने चाहन्छन्, म काट्छु।’

उसो भए के उनी लामो समय ऐनाअघि समय बिताउने खालका मानिस हुन् त ? त्यो पनि होइन।

‘यो त फेसनेबल हुनु भन्दा पनि अल्छीको अवस्था जस्तो लाग्छ,’ उनले एउटा अन्तर्वार्तामा भनेका छन्, ‘म त्यसरी धेरै समय विताउँदिन बरु कपडा र जुत्ता भने धेरै कम्फर्टेबल चाहिन्छ।’

उनी जिन्स किन्नुपूर्व आरामले फिट हुन्छ वा हुन्न भनेर मजाले चेक गर्छन्। आफ्नो ज्यान सुहाउँदो टि–सर्ट मात्र किन्छन्। फुटवेयरका लागि भने उनी एससआईसीएस कम्पनीका जुत्ताचप्पल रोज्छन्।

उनका यस्ता अन्य धेरै शोख पनि छन्। तर दारीजुँगाकै बारेमा कुरा गर्दा उनीबाहेकका खेलाडीको पनि चर्चा गर्नुपर्ने हुन्छ।

दारी राख्ने शोख भएका क्रिकेटर सर रिकार्ड हाडिली हुन्। न्युजिल्यान्डका पूर्व खेलाडी उनको बलिङसँगै जुँगा पनि फेमस छ। कसैकसैले उनी हाँस्दा उनको जुँगाले काव्यात्मक भाव दिने बताउँथे।

ज्याक रसेल प्रख्यात ब्याट्सम्यान थिएनन्। न विकेटकिपर नै थिए। तर पनि उनी इंग्ल्यान्डको मस्ट आइकोनिक क्रिकेटर हुन्। साथै उनको जुँगा र हेयरस्टाइलको चर्चा क्रिकेटमा यदाकदा हुने गरेको पाइन्छ।

बलिउडका स्टारजस्तै मैदानमा शिखर धवनको इन्ट्री पनि रोमाञ्चक हुन्छ। तर जब उनी आफ्ना जुँगाअघि ब्याट लिएर खडा हुन्छन्, त्यसको भ्यू क्रिकेटको रोमाञ्चक पलका रुपमा लिइन्छ।

डेबिड बोन र मेरव ह्युघेसको जुँगा पनि क्रिकेटका समर्थकका लागि परिचित छ। यसबाहेक रविन्द्र जडेजा, ग्रहम गोच र एडम होलिओकेलाई सम्झँदा उनीहरुको जुँगा पनि साथमै स्मरण हुने गर्दछ।
 

प्रकाशित: Nov 09, 2020| 00:37 सोमबार, कात्तिक २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।