मंगलबार, चैत ३, २०८२

हैदराबादलाई हराउँदै आईपीएलको फाइनलमा दिल्ली

१३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दोस्रो क्वालिफायर खेलमा जित निकाल्दै दिल्ली क्यापिटल फाइनलमा प्रवेश गरेको छ।
 |  सोमबार, कात्तिक २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २४, २०७७

काठमाडौं– १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दोस्रो क्वालिफायर खेलमा जित निकाल्दै दिल्ली क्यापिटल फाइनलमा प्रवेश गरेको छ।

National life

अब उसले पहिलो क्वालिफायरबाट फाइनल पुगेको मुम्बई इन्डियन्ससँग उपाधिका लागि भिड्नेछ। दिल्ली क्यापिटल आईपीएलको फाइनलमा पहिलोपटक पुगेको हो।

टस जितेर ब्याटिङ रोजेको दिल्लीले पूरा ओभर खेल्दै तीन विकेटको क्षतिमा १८९ रन बनाएको हो। १९० रनको लक्ष्यका साथ मैदान छिरेको सनराइजर्स हैदराबाद पूरा ओभर खेल्दै आठ विकेटको क्षतिमा १७२ रनमा समेटियो।

आक्रामक ओपनिङ गरेको दिल्लीका मार्कस स्टोइनिस र शिखर धवनले ८६ रनको साझेदारी गरे। जहाँ ३८ रन बनाएका स्टोेइनिसलाई रासिद खानले ८.२ ओभरमा पेबेलियन फर्काएका थिए।

त्यस्तै धवनले ५० बलमा सर्वाधिक ७८ रनको अर्धसतकिय इनिङ खेले। उनले २ छक्का र ६ चौका प्रहार गरे। कप्तान श्रेयस अयरले २१ रनको योगदान दिए भने शिमरन हेट्मायरले अविजित ४२ रन बनाए।

Laxmi sunrise bank
kumari

बलिङको निम्तो पाएको हैदराबादका राशिद खान, सन्दीप शर्मा र जेसन होल्डरले समान १–१ विकेट लिए।

जावाफी ब्याटिङमा आएको हैदराबादका कप्तान डेबिड बार्नर २ रनमै आउट भएपछि दबाबमा आएको हैदराबादका प्रियम गर्गले १७ रन बनाए।

केन विलियम्सनले सर्वाधिक ६७ रन जोडेको इनिङमा अब्दूल सहमदले ३३ रन जोडे भने राशिद खान र जेसन होल्डरले समान ११ रन बनाए।

मनिष पाण्डे २१ रनमै आउट भए। दिल्लीका बलर कागिसो रबाडाले चार विकेट गिराए भने मार्कस  स्टोइनिसले तीन र अक्षर पटेलले एक विकेट लिए।

अब, फाइनल खेल नेभेम्बर १० मा हुनेछ।

प्लेइङ इलेवेन

दिल्लीः शिखर धवन, अजिंक्य रहाणे, श्रेयस अयर, मार्कस स्टोइनिस, ऋषभ पन्त, सिमरन हेट्मायर, अक्षर पटेल, रविचन्द्र अश्विन, कागिसो रबाडा, एनरिच नोर्किया

हैदराबादः डेबिड बार्नर, श्रीभाट्स गोस्वामी, मनिष पाण्डे, केन विलियम्सन, प्रियम गर्ग, जेसन होल्डर, अब्दुल समद, राशिद खान, एस नदिम, सन्दिप शर्मा, टी नटराजन
 

प्रकाशित: Nov 09, 2020| 00:15 सोमबार, कात्तिक २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।