काठमाडौं– जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटलले सनराइज हैदराबादलाई १९० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर ब्याटिङ रोजेको दिल्लीले पूरा ओभर खेल्दै तीन विकेटको क्षतिमा १८९ रन बनाएको हो।
आक्रमक ओपनिङ गरेको दिल्लीका मार्कस स्टोइनिस र शिखर धवनले ८६ रनको साझेदारी गरे। जहाँ ३८ रन बनाएका स्टोेइनिसलाई रासिद खानले ८.२ ओभरमा पेबेलियन फर्काएका थिए।
त्यस्तै धवनले ५० बलमा सर्वाधिक ७८ रनको अर्धसतकिय इनिङ खेले। उनले २ छक्का र ६ चौका प्रहार गरे। कप्तान श्रेयस अयरले २१ रनको योगदान दिए भने शिमरन हेट्मायरले अविजित ४२ रन बनाए।
बलिङको निम्तो पाएको हैदराबादका राशिद खान, सन्दीप शर्मा र जेसन होल्डरले समान १–१ विकेट लिए।
आजको खेलमा विजेता हुने टिमले फाइनलमा मुम्बई इन्डियन्ससँग प्रतिस्र्धा गर्नेछ भने पराजित टिम आईपीएलबाट बाहिरिने छ। फाइनल खेल नेभेम्बर १० मा हुनेछ।
प्लेइङ इलेवन
दिल्ली : शिखर धवन, अजिंक्य रहाणे, श्रेयस अयर, मार्कस स्टोइनिस, ऋषभ पन्त, सिमरन हेट्मायर, अक्षर पटेल, रविचन्द्र अश्विन, कागिसो रबाडा, एनरिच नोर्किया
हैदराबाद : डेबिड बार्नर, श्रीभाट्स गोस्वामी, मनिष पाण्डे, केन विलियम्सन, प्रियम गर्ग, जेसन होल्डर, अब्दुल समद, राशिद खान, एस नदिम, सन्दिप शर्मा, टी टराजन