बिहीबार, माघ १, २०८२

दाह्री नकाट्न हजामलाई तालिबानको उर्दि

तालिबानले अफगानिस्तानको हेलमन्द प्रान्तमा नाइलाई दाह्री नकाट्न आदेश दिएको छ। दाह्री सेभ गर्नु वा काट्नुले इस्लामी कानुनको अवमूल्यन हुने तालिबानको दाबी छ।
 |  सोमबार, असोज ११, २०७८

बीबीसी

बीबीसी

सोमबार, असोज ११, २०७८

तालिबानले अफगानिस्तानको हेलमन्द प्रान्तमा नाइलाई दाह्री नकाट्न आदेश दिएको छ। दाह्री सेभ गर्नु वा काट्नुले इस्लामी कानुनको अवमूल्यन हुने तालिबानको दाबी छ।

National life

तालिबान धार्मिक पुलिसले यस नियमको उलंघन गरेको पाइएमा कडा सजाय दिइने जनाएको छ। राजधानी काबुलका केही नाइले पनि आफूहरूलाई यही आदेश जारी भएको बताएका छन्।

यो निर्देशनले तालिबानको पुरानो कट्टर शासन फर्किरहेको भान भइरहेको बताइएको छ। तालिबानले आफूहरू यस पटक नरम बन्ने बताए पनि त्यो व्यवहारमा देखिएको छैन।

सत्तामा पुगेपछि तालिबानले आफ्ना विरोधिहरूलाई कडा सजाय दिइरहेका छन्। शनिबार तालिबानले चार जनालाई अपहरणको अभियोगमा हत्या गरेर सडकमा क्रेनको सहायतामा शव झुन्ड्याइदिएको थियो।

काबुलमा एक हजामले भनेका छन्, 'लडाकुहरूले पटक-पटक आएर दाह्री नकाट्न आदेश दिइरहेका छन्।' अर्का एक नाइ व्यवसायीले आफूलाई सरकारी अधिकारी भन्दै एक जनाले फोन गरेको बताएका छन्। उनले आफूलाई अमेरिकी स्टाइलमा कपाल नकाट्न तथा दाह्री नकाट्न आदेश दिएको बताएका छ्न्।

Laxmi sunrise bank
kumari

१९९६ बाट २००१ सम्म तालिबानको पहिलो शासनका क्रममा इस्लामिक संगठनले आकर्षित गर्ने हेयरस्टाइलमाथि प्रतिबन्ध लगाएको थियो। अहिले पनि तालिबानले सोही व्यवहार दोहोर्‍याइरहेको छ।

प्रकाशित: Sep 27, 2021| 09:47 सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।